बसको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु
शनिबार, २१ असार २०८२, २० : ०२
सारांश
- नवलपरासीमा बसले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ।
- दुर्घटना पाल्हीनन्दन गाउँपालिका–१, झरही खोलामा भएको थियो, जसमा दुई जनाको मृत्यु भयो।
- प्रहरीले बस चालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको छ।
नवलपरासी । नवलपरासीमा बसले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ । जिल्लाको पाल्हीनन्दन गाउँपालिका– १, झरही खोलामा भएको दुर्घटनामा प्रतापपुर गाउँपालिका– ४, पाचपेडा बस्ने वर्ष २१ का भोला राजभर र रामग्राम नगरपालिका– १५, डिगौल बस्ने १८ वर्षका राहुल राजभरको मृत्यु भएको हो ।
महेशपुर–भुजहवा भित्री सडक खण्डको मोडमा ओभरटेक गर्ने क्रममा लु २ ख ६५४ नम्बरको बसले भोला र राहुल सवार लु ४७ प ४८७९ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिमका सूचना अधिकारी डिएसपी वीरदत्त पन्तले बताए ।
दुर्घटनामा गम्भीर घाइते भएका दुवै जनालाई उपचारका लागि पृथ्वीचन्द्र अस्पताल परासी पुर्याए लगत्तै चिकित्सकले मृत घोषित गरेको प्रहरीले जनाएको छ । बसका चालकलाई प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ कांग्रेस संस्थापनले इतर समूहलाई पठाएको ७ बुँदे प्रस्ताव
-
परराष्ट्रमन्त्री खनाल आज चीन भ्रमणमा जाँदै, यस्तो छ कार्यतालिका
-
ट्राफिक कारबाहीमा चार लाख ५८ हजार राजस्व सङ्कलन
-
महाकाली पुलको गाइडबण्ड पुनर्निर्माणमा खटियो सेना
-
दामोदरकुण्ड तीर्थयात्रीलाई निःशुल्क भोजनको व्यवस्था
-
गायक तथा सङ्गीतकार आशिष अविरलमाथि अमेरिकामा कुटपिट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण