आइतबार, ३१ जेठ २०८३
ताजा लोकप्रिय

कपिलवस्तुमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु

सोमबार, २३ असार २०८२, २० : ५३
सोमबार, २३ असार २०८२

बुटवल  । कपिलवस्तुमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्ग अन्तर्गत कपिलवस्तुको गोरुसिङ्गे जङ्गलमा एम्बुलेन्स र बिंगर एक आपसमा ठोक्किँदा सोमबार एक जनाको मृत्यु भएको हो । दुर्घटनामा १२ जना घाइते भएका छन् ।

सोमबार करिब ४ बजे भएको उक्त दुर्घटनामा अर्घाखाँचीको भूमिकास्थान नगरपालिकाकी ९५ बर्षीया वृद्धा ईन्द्रकला रानाको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

अर्घाखाँचीबाट बुटवल जाँदै गरेको एम्बुलेन्स र बुटवलदेखि चन्द्रौटातर्फ जाँदै गरेको लु १ ज ४२८० नम्बरको बिंगर एक आपसमा ठोक्किएको प्रहरीले जनाएको छ ।

घाइतेहरुमध्ये एक जनाको अवस्था गम्भीर रहेको र थप उपचारका लागि बुटवल रिफर गरिएको जनाइएको छ । अन्य घाइतेहरूको कपिलवस्तु सामुदायिक अस्पतालमा उपचार प्रहरीले जनाएको छ । प्रहरीले घटनाको बारे अनुसन्धान सुरु गरेको जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप