स्कर्पियो र बलेरो एकापसमा ठोक्किँदा १० घाइते
सारांश
- नवलपरासीको विनयी त्रिवेणीमा स्कर्पियो र बलेरो ठोक्किँदा १० जना घाइते भए।
- दुर्घटनामा स्कर्पियोमा सवार ९ र बलेरो चालक घाइते भएका छन्।
- घाइतेहरूको मध्यविन्दु अस्पताल र भरतपुरमा उपचार भइरहेको छ।
नवलपुर । नवलपरासी (बर्दघाट सुस्तापूर्व) को विनयी त्रिवेणी गाउँपालिकामा स्कर्पियो र बलेरो ठोक्किँदा १० जना घाइते भएका छन् ।
नारायाणघाटतर्फ जाँदै गरेको लु प्र ०१–००१ च ०९४८ नं को स्कर्पियो र बुटवलतर्फ जाँदै गरेको बा प्र ०३–००१ च १४७४ नं को पिकअप बलेरो आज पूर्व–पश्चिम राजमार्गमा पर्ने विनयी त्रिवेणी–१ को गुम्बाचोकमा एकआपसमा ठाक्किँएका थिए ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मधु नेपालले घाइतेहरूको मध्यविन्दु प्रादेशिक अस्पताल डण्डा र भरतपुरमा उपचार भइरहेको जानकारी दिए । उनका अनुसार पिकअप बलेरोमा चालक मात्रै रहेका थिए । चालक स्थानीय ४५ वर्षीय ओमनारायण महतो सामान्य घाइते भएका छन् । अन्य घाइतेमा स्कर्पियोमा सवार नौ जना रहेका छन् ।
विनयी त्रिवेणी–२ का ३१ वर्षीय स्कर्पियो चालक रेशमबहादुर सारु मगर, सोही ठाउँका १४ वर्षीय किरण फाल मगर, ३६ वर्षीया दानुमाया आले, ५५ वर्षीया सीता श्रेष्ठ, ४८ वर्षीय विष्णुबहादुर श्रेष्ठ, ८४ वर्षीया रूपामाया श्रेष्ठ, ३६ वर्षीय हरिबहादुर लामिछाने, ५७ वर्षीया यनिसरा लामिछाने तथा ५२ वर्षीय कुलबहादुर कुमाल घाइते भएका प्रहरी नायब उपरीक्षक नेपालले जानकारी दिए ।
घाइतेमध्ये सात जनाको मध्यविन्दु प्रादेशिक अस्पताल डण्डामा उपचार भइरहेको छभने यनिसरा लामिछाने र कुलबहादुर कुमाललाई थप उपचारका लागि भरतपुरस्थित चितवन मेडिकल कलेजमा पठाइएको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ कांग्रेस संस्थापनले इतर समूहलाई पठाएको ७ बुँदे प्रस्ताव
-
परराष्ट्रमन्त्री खनाल आज चीन भ्रमणमा जाँदै, यस्तो छ कार्यतालिका
-
ट्राफिक कारबाहीमा चार लाख ५८ हजार राजस्व सङ्कलन
-
महाकाली पुलको गाइडबण्ड पुनर्निर्माणमा खटियो सेना
-
दामोदरकुण्ड तीर्थयात्रीलाई निःशुल्क भोजनको व्यवस्था
-
गायक तथा सङ्गीतकार आशिष अविरलमाथि अमेरिकामा कुटपिट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण