टोखामा माइक्रोको ठक्करबाट स्कुटर चालकको मृत्यु
बुधबार, २५ असार २०८२, ०६ : ४७
सारांश
- काठमाडौंको टोखामा ईभी माइक्रोले स्कुटरलाई ठक्कर दिँदा चालकको मृत्यु भएको छ।
- दुर्घटनामा सर्लाहीका २४ वर्षीय सोनाम योञ्जनको मृत्यु भएको हो।
- माइक्रो चालकलाई प्रहरीले पक्राउ गरेको छ र घटनाबारे अनुसन्धान भइरहेको छ।
काठमाडौँ । काठमाडौँको टोखा नगरपालिका–६ स्थित ग्राण्डी सडक खण्डमा ईभी माइक्रोले ठक्कर दिँदा स्कुटर चालकको मृत्यु भएको छ ।
मंगलबार दिउँसो दुर्घटनामा परेका सर्लाहीको हरिवन नगरपालिका–१ घर भएका २४ वर्षीय सोनाम योञ्जनको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिल बोहराले रातोपाटीलाई बताए ।
बा।प्र–०१–००२ ज ७३७८ नम्बरको माइक्रोले बा।प्र।–०२–०४४ प ६४०५ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो । उपचारको क्रममा योञ्जनको मृत्यु भएको हो ।
माइक्रो चालक टोखा घर भएका ३९ वर्षीय सुरेन सिलवाललाई प्रहरीले पक्राउ गरेको छ । घटनाबारे प्रहरी वृत्त महाराजगञ्जले अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ कांग्रेस संस्थापनले इतर समूहलाई पठाएको ७ बुँदे प्रस्ताव
-
परराष्ट्रमन्त्री खनाल आज चीन भ्रमणमा जाँदै, यस्तो छ कार्यतालिका
-
ट्राफिक कारबाहीमा चार लाख ५८ हजार राजस्व सङ्कलन
-
महाकाली पुलको गाइडबण्ड पुनर्निर्माणमा खटियो सेना
-
दामोदरकुण्ड तीर्थयात्रीलाई निःशुल्क भोजनको व्यवस्था
-
गायक तथा सङ्गीतकार आशिष अविरलमाथि अमेरिकामा कुटपिट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण