मोटरसाइकल र स्कुटर ठोक्किँदा दुई जनाको मृत्यु, दुई जना घाइते
बुधबार, २५ असार २०८२, २० : ३२
झापा । बाह्रदशी गाउँपालिका–१ खैरबारीस्थित भित्री सडक खण्डमा बुधबार अपराह्न भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते भएका छन् ।
राजगढबाट कुटीतर्फ जाँदै गरेको भारतीय नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको प्र.१–०१–०१६ प ९२७० नम्बरको स्कुटर एक आपसमा ठोक्किएको जिल्ला प्रहरीका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिए ।
दुर्घटनामा स्कुटर चालक र मोटरसाइकल चालक गम्भीर घाइते भई उपचारका लागि प्रादेशिक अस्पताल भद्रपुर पु–याइएको थियो । उनीहरूको अस्पतालमै मृत्यु भएको जनाइएको छ ।
गम्भीर घाइते भएका स्कुटरमा सवार एक महिला र करिब सात वर्षीय बालकको बिर्तामोडस्थित बीएण्डसी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ कांग्रेस संस्थापनले इतर समूहलाई पठाएको ७ बुँदे प्रस्ताव
-
परराष्ट्रमन्त्री खनाल आज चीन भ्रमणमा जाँदै, यस्तो छ कार्यतालिका
-
ट्राफिक कारबाहीमा चार लाख ५८ हजार राजस्व सङ्कलन
-
महाकाली पुलको गाइडबण्ड पुनर्निर्माणमा खटियो सेना
-
दामोदरकुण्ड तीर्थयात्रीलाई निःशुल्क भोजनको व्यवस्था
-
गायक तथा सङ्गीतकार आशिष अविरलमाथि अमेरिकामा कुटपिट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण