आइतबार, ३१ जेठ २०८३
ताजा लोकप्रिय

एनपीएल राष्ट्रिय गौरव हो, भव्य तयारी गर्नुस् : प्रधानमन्त्री

बिहीबार, २६ असार २०८२, २१ : ४९
बिहीबार, २६ असार २०८२

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल प्रिमियर लिग (एनपीएल) को भव्य तयारी गर्न आग्रह गरेका छन् । बिहीबार सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै प्रधानमन्त्री ओलीले राष्ट्रिय गौरवका रूपमा रहेको एनपीएलको भव्य तयार गर्न नेपाल क्रिकेट सङ्घ(क्यान)लाई आग्रह गरेका हुन् । 

आज भएको ‘नेसनल हाइ पर्फमेन्स सेन्टर एन्ड स्पोर्टस् साइन्स ल्याब’को उद्घाटन कार्यक्रममा पनि ओलीले एनपीएलको तयारी तीव्र बनाउन निर्देशन दिएका थिए । 

‘जसरी क्रिकेटको क्रेज बढेको छ, यो हाम्रो नेसनल प्राइड हो। देशमा त्यसरी नै एनपीएललाई अगाडि लैजानुपर्छ। यसलाई राष्ट्रियस्तरमा बढाउनुपर्छ। एनपीएलको भव्य तयारी गर्नुस्। यसको आयोजना गर्नुस्। यो खेलिनुपर्छ,’ सो अवसरमा प्रधानमन्त्री ओलीले भनेका थिए । 

एनपीएललाई लिएर राष्ट्रिय खेलकुद परिषद् (राखेप) र नेपाल क्रिकेट सङ्घ (क्यान) बिच विवाद चलिरहेको छ  ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप