२४ वर्षको खडेरी तोड्ने लक्ष्यका साथ मैदानमा ब्राजिल
काठमाडौँ । विश्वकप फुटबलको इतिहासकै सबैभन्दा सफल टोली ब्राजिल २४ वर्ष लामो उपाधि खडेरी अन्त्य गर्ने ठुलो दबाब र लक्ष्यका साथ मैदान उत्रिएको छ । आइतबार बिहान सुरु भएको विश्वकप २०२६ को आफ्नो पहिलो खेलमा ब्राजिलले अफ्रिकी पावर हाउस मोरक्कोको सामना गरिरहेको छ ।
सन् २००२ मा पाँचौँ पटक विश्वकप जितेयता ब्राजिलले अर्को उपाधि उचाल्न सकेको छैन । दुई दशकभन्दा लामो यो प्रतीक्षा ब्राजिलियन फुटबल इतिहासकै एउटा कठिन मोड बनेको छ । सन् २०२२ मा विश्वको नम्बर एक टोलीका रूपमा मैदान उत्रिएर पनि क्वार्टरफाइनलबाटै बाहिरिएको ब्राजिल यस पटक फिफा वरीयताको छैटौँ स्थानमा छ । सन् १९९२ मा वरीयता सुरु भएयता विश्वकपमा सहभागी हुँदाको यो ब्राजिलको सबैभन्दा कमजोर वरीयता हो ।
चोटका कारण मुख्य स्टार नेयमार जुनियर मैदान बाहिरै रहे पनि भिनिसियस जुनियर र राफिन्हा जस्ता युवा प्रतिभाको साथले ब्राजिलको आक्रमण बलियो देखिएको छ । अर्कोतर्फ, कतार विश्वकपको सेमिफाइनलिस्ट मोरक्को ब्राजिलको यो ‘मिसन छैटौँ उपाधि’ मा पहिलो र ठुलो बाधकका रूपमा उभिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुकुमबासी बस्ती हटाएपछि बन्दैछ खुला पार्क र कोरिडोर, ३ अर्ब बजेट प्रस्ताव
-
कतै वर्षा त कतै चर्को घाम : भैरहवा र जनकपुरमा अधिकतम तापक्रम ३८ डिग्री पुग्ने
-
अवैध रूपमा नेपाल छिर्दै गरेका एक बङ्गलादेशी नागरिक पक्राउ
-
स्वयम्भू महाचैत्यको गुम्बजबाट वर्षौँदेखि जमेको चुना हटाइँदै (तस्बिरहरू)
-
एक्काइस किलो गाँजासहित एक जना पक्राउ
-
परराष्ट्रमन्त्री खनाल चीन प्रस्थान, यस्तो छ भ्रमण कार्यतालिका
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण