आइतबार, २४ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
गोलार्द्ध

अमेरिकामा आणविक बम हमला भयो भने के हुन्छ ?

शुक्रबार, २७ असार २०८२, ०६ : ५६
शुक्रबार, २७ असार २०८२

सारांश

  • लेखमा अमेरिकाले आणविक हमलाको सामना कसरी गर्छ भन्ने काल्पनिक परिदृश्य प्रस्तुत गरिएको छ।
  • क्षेप्यास्त्र प्रहार भएपछि राष्ट्रपतिलाई जानकारी गराइन्छ र उनले जवाफी हमलाको आदेश दिन्छन्।
  • आणविक हमलाले वासिङ्टन डीसी र अन्य क्षेत्रमा ठूलो विनाश निम्त्याउँछ, जसले लाखौं मानिसको ज्यान जान्छ।

(यस आलेखमा अमेरिकाले आणविक हमला सामना गर्नु परेको अवस्था कसरी सामना गर्छ भन्ने काल्पनिक परिदृश्यका आधारमा सम्भावित घटनाक्रमहरू प्रस्तुत गरिएका छन् । आणविक हमला तथा प्रतिरक्षाको विषय गोप्य राख्ने गरिन्छ ।

तथापि सम्बन्धित विभाग तथा आधिकारिक संस्थामा रहेका व्यक्तिहरूले सार्वजनिक गरेका विभिन्न विवरणका आधारमा यो विश्लेषण गरिएको छ । यहाँ प्रस्तुत विश्लेषणको अधिकांश हिस्सा पूर्व आणविक प्रहार अधिकारी तथा आणविक सुरक्षा विज्ञ ब्रुस ब्लेयर र पूर्व अमेरिकी रक्षामन्त्री विल्लियम जे. पेरीको बयान तथा विज्ञताका आधारमा तयार पारिएको छ ।)

संसारको कुनै कुनाबाट अमेरिकाको दुस्मनले अमेरिकामा आणविक हतियार बोकेका क्षेप्यास्त्रहरू एकै साथ ठुलो सङ्ख्यामा प्रहार गर्न सक्छन् । आजका दिनमा अमेरिकी भूमिमा आक्रमण गर्न सक्ने आणविक बम बोकेका इन्टरकन्टिनेन्टल ब्यालेस्टिक मिसाइल (अन्तरमहादेशिय ब्यालेस्टिक क्षेप्यास्त्र) चारवटा देशसँग छन् । जसमा बेलायत र फ्रान्स अमेरिकाका सहयोगी राष्ट्र हुन भने बाँकी दुई मुलुक रुस र चीन हुन् । उत्तर कोरियाले हालसम्म यस्तो क्षमता हासिल गर्न सकेको छैन । तर, अब उसले पनि छिट्टै यो क्षमता हासिल गर्न सक्ने अवस्था छ ।

अमेरिकालाई निशाना बनाएर अन्तरमहादेशिय ब्यालेष्टिक क्षेप्यास्त्र (आईसीबीएम) प्रहार हुनासाथ तुरुन्तै अमेरिकाको भू–उपग्रहले त्यसको सूचना पाइहाल्छ । जब क्षेप्यास्त्र आकाशमा थप माथि जान थाल्छ त्यसको इन्जिनले अत्यधिक ऊर्जा प्रसार गर्छ । यसलाई अमेरिकी अन्तरिक्ष सेनाका भू–उपग्रहहरूले इन्फ्रारेड सेन्सरको माध्यमबाट पत्ता लगाउँछन् ।

  • आणविक क्षेप्यास्त्र प्रक्षेपणको पहिलो एक मिनेटमा के हुन्छ ?

राडारले आफूतर्फ आउँदै गरेका क्षेप्यास्त्र ठम्याउँछ । आणविक क्षेप्यास्त्र प्रक्षेपण गरेको एक मिनेटमै यसले स्थलगत प्रणालीले कस्तो प्रकारको क्षेप्यास्त्र प्रहार भएको हो भन्ने सूचना र सम्बन्धित तथ्याङ्क वायु सेनाको स्पेस कमाण्ड, कोलोराडोमा रहेको उत्तर अमेरिकी वायु प्रतिरक्षा कमान्ड (नोराड), ओमाहामा रहेको अमेरिकी रणनीतिक कमान्ड (स्ट्राटकम) तथा पेन्टागनको राष्ट्रिय सैन्य कमाण्ड केन्द्र (एनएमसीसी) मा पठाउँछ ।

  • प्रक्षेपणको तीनदेखि चार मिनेटमा के हुन्छ ?

पूर्व–चेतावनी प्रणाली सक्रिय हुन्छ । आणविक क्षेप्यास्त्र प्रक्षेपणको तीनदेखि चार मिनेटमा आउटफुटमा रहेको वायु सेनाको भूमिगत अड्डामा सञ्चालित स्ट्राटकमको मुख्यालयले प्राप्त सूचना आफ्नो कमान्डरलाई बताउँछ । यससँगै नोराडको टिममा रहेका क्यानडा र अमेरिकाको संयुक्त रक्षा समूहले पनि आक्रमणको जोखिमको स्तरबारे सूचना उपलब्ध गराउँछन् । उपलब्ध तथ्याङ्ककका आधारमा कुन स्तरको जोखिम हो भन्ने वर्गीकरण गरेर जानकारी गराइएको हुन्छ । प्रहार गरिएका क्षेप्यास्त्रको सङ्ख्या तथा प्रहारको स्रोत पत्ता लागे लगत्तै उक्त टिमले आणविक क्षेप्यास्त्र अमेरिकातर्फ आउँदैछन् भन्ने सूचना गर्छ ।

सैन्य सहयोगीहरूले टेबलमा एउटा ब्रिफकेस राख्छन् र त्यसलाई खोल्छन् । उक्त ब्रिफकेसलाई ‘न्युक्लियर फुटबल’ भनेर चिनिन्छ । ब्रिफकेसमा भएका सबै कुरा टेबलमा निकालिन्छ ।
  • पाँचौँ मिनेटमा के हुन्छ ?

अमेरिका लक्षित क्षेप्यास्त्र प्रक्षेपणको पाँच मिनेटमा अमेरिकी राष्ट्रपतिलाई जनकारी गराइन्छ । मानौँ उक्त समयमा अमेरिकी राष्ट्रपति आफ्नो आधिकारिक हवाई जहाज ‘एयर फोर्स वन’ बाट कतै यात्रामा हुन सक्छन् । त्यस्तो समय स्ट्राटकमको कमान्डरले राष्ट्रपतिलाई सचेत गराउन एउटा सुरक्षित फोन कल गर्छन् । 

जनाउ घण्टी बज्न थाल्छ । जहाजभित्र रहेका सहयोगी सेनाले राष्ट्रपतिलाई ‘सिच्वेसन रुम’ मा लैजान्छन् । राष्ट्रपति त्यहाँ रहेको टेबलको चौडाइतर्फको कुर्सीमा बस्छन् । त्यसपछि बाँकी प्रक्रिया सुरु हुन्छ ।

सैन्य सहयोगीहरूले टेबलमा एउटा ब्रिफकेस राख्छन् र त्यसलाई खोल्छन् । उक्त ब्रिफकेसलाई ‘न्युक्लियर फुटबल’ भनेर चिनिन्छ । ब्रिफकेसमा भएका सबै कुरा टेबलमा निकालिन्छ । जसमा आणविक हमलाको अवस्थामा राष्ट्रपतिले लिन सक्ने कदमका सबै विकल्पहरू उल्लेख गरिएको हुन्छ । 

त्यहाँ आणविक प्रहारका विभिन्न विकल्पहरू भएको पुस्तक अर्थात् ‘ब्ल्याक बुक’ पनि हुन्छ । उक्त पुस्तकको विषयवस्तु वर्षौँको मेहनत तथा गम्भीर विश्लेषणबाट तयार गरिएको हो । यही समय ओमाहाको बङ्करबाट स्ट्राटकम कमान्डरले राष्ट्रपतिसँग आपत्कालीन भिडियो कुराकानी गर्छन् । 

कमाण्डरले राष्ट्रपतिलाई परिस्थितिको गम्भीरता तथा खतराको स्तरबारे आफ्नो मूल्याङ्कन सुनाउँछन् । सम्भव भएसम्म अमेरिकी रक्षामन्त्री तथा सेनापतिलाई समेत उक्त कुराकानीमा जोडिन्छ । सैन्य सहयोगीहरूले आणविक फुटबलका सबै कुरा राष्ट्रपतिका अगाडी राख्छन् । राष्ट्रपतिले ‘ब्ल्याक बुक’ मा रहेका विकल्पहरू हेर्छन् । यस क्रममा सल्लाहकारहरूले उनलाई केही सुझावहरू सिफारिस समेत गर्न सक्छन् ।

राष्ट्रपतिले त्यहाँ रहेका आफ्ना सल्लाहकारसँग केही मिनेट छलफल गर्छन् । राष्ट्रिय सुरक्षा सल्लाहकारले प्रतिद्वन्द्वी नेतासँग टेलिफोनमा सम्पर्क हुन नसकेको बारे पनि जानकारी गराउँछन् ।
  • दसौँ मिनेटमा के हुन्छ ?

क्षेप्यास्त्र प्रक्षेपणको दसौँ मिनेटमा जमिनका राडारहरूले आउँदै गरेको आईसीबीएमलाई बिच बाटोमै ठम्याउँछन् । नोराडको प्रणालीले विभिन्न स्रोतहरूबाट प्राप्त सबै सूचना र तथ्याङ्कको विश्लेषण गरेर यथाशक्य विश्वसनीय मूल्याङ्कन तयार गर्छ । पूर्व–सूचना समूहले यी क्षेप्यास्त्रहरू आफ्ना प्रतिद्वन्द्वी मुलुकबाट आएका हुन् कि होइनन भन्ने पक्का गर्छ । 

साथै अमेरिकातर्फ आउँदै छन् कि छैनन् भन्ने पनि टुङ्गो लगाउँछ । क्षेप्यास्त्रहरू त्यसको १२ देखि १५ मिनेटमा अमेरिकी भूमिमा आइपुग्ने अवस्था हुन्छ । आईसीबीएमले प्रभाव पार्ने क्षेत्र ठ्याक्कै भन्न त गाह्रो हुन्छ तर कम्प्युटर प्रणालीले नयाँ तथ्याङ्कहरूको आधारमा अनुमान गर्छ । साथै यसको आधारमा ‘सिच्वेसन रुम’मा रहेका राष्ट्रपतिलाई जानकारी गराइन्छ ।

राष्ट्रपतिले त्यहाँ रहेका आफ्ना सल्लाहकारसँग केही मिनेट छलफल गर्छन् । राष्ट्रिय सुरक्षा सल्लाहकारले प्रतिद्वन्द्वी नेतासँग टेलिफोनमा सम्पर्क हुन नसकेको बारे पनि जानकारी गराउँछन् । सेनापतिले प्रतिद्वन्द्वीको शक्तिशाली कार्यालय तथा कमान्ड–कन्ट्रोल मुख्यालयमा अमेरिकी आईसीबीएम आक्रमण गर्दा थप आक्रमण रोक्न सकिने सुझाव दिन्छन् । 

स्ट्राटकमको कमान्डरले प्रतिद्वन्द्वीको आणविक हतियार भन्डार, बम्बरको बेस तथा पनडुब्बीको बेसमा हमला गर्दा थप आक्रमण रोकिने सुझाव गर्छन् । अन्य तरिका तथा विकल्पहरू पनि राष्ट्रपतिसामु पेस हुन्छन् । छलफलकै बिचमा रक्षा मन्त्रिले राष्ट्रपतिलाई दुई मिनेटभित्र निर्णय गर्न वा अमेरिकाले प्रतिवाद गर्ने क्षमता गुमेको अवस्था सामना गर्न तयार रहन सचेत गराउँछन् । 

यस क्रममा राष्ट्रपतिले आफ्नो गोजीमा भएको सानो र पातलो कागजको टुक्रा निकाल्छन् । जसलाई ‘बिस्कुट’ पनि भनिन्छ ।

दुस्मनका आईसीबीएमहरू सम्भवतः पश्चिम अमेरिकामा रहेको आणविक हतियारको भन्डारतर्फ पनि लक्षित हुन सक्छन् । जसले गर्दा अमेरिकाले जवाफी हमला गर्न असमर्थ होस । साथै वासिङ्गटन तथा अन्य मुख्य सैन्य कमान्ड केन्द्रमा लक्षित पनि हुनसक्छ । सुरक्षा टोलीले यस विषयमा पनि ध्यान दिइरहेको हुन्छ ।

  • हमलाको १७ देखि १८ मिनेटमा के हुन्छ ?

अमेरिकी क्षेप्यास्त्रले पहिलो आणविक क्षेप्यास्त्र आक्रमण ठम्याएको १७ देखि १८ मिनेटमा अमेरिकी राष्ट्रपति पनि आफ्नो निर्णयमा पुग्छन् । अमेरिकी राष्ट्रपतिले पनि आक्रमणको आदेश दिन्छन् । यस्तो आदेशमा सबै सल्लाहकारको असहमति भए पनि निर्णयमा केही फरक पर्दैन । 

कोठामा भएको सुरक्षित फोनबाट अथवा ‘न्युक्लियर फुटबल’ मा भएको फोनबाट एनएमसीसीलाई सम्पर्क गरेर आदेश गर्छन् : ३०० वटा आईसीबीएम प्रक्षेपण गर ! बम्बर तथा पनडुब्बी तयारी अवस्थामा राख ! एनएमसीसीले राष्ट्रपतिलाई आफ्नो परिचय पक्का गर्न आग्रह गर्छ । 

यस क्रममा राष्ट्रपतिले आफ्नो गोजीमा भएको सानो र पातलो कागजको टुक्रा निकाल्छन् । जसलाई ‘बिस्कुट’ पनि भनिन्छ । राष्ट्रपतिले उक्त ‘बिस्कुट’ मा भएको कोड पढेर टेलिफोनमा सुनाउँछन् । त्यसको एक मिनेटमै एनएमसीसीले राष्ट्रपतिको आदेश आपत्कालीन सन्देशको रूपमा आवश्यक ठाउँमा प्रवाह गर्छ ।  

आइसीबीएम सञ्चालक टोलीले तुरुन्तै आदेशलाई आधिकारिकता दिँदै क्षेप्यास्त्रहरूलाई लक्षित योजना अनुसार तयार गर्छन् । दुस्मनको क्षेप्यास्त्र प्रहार भएको २० मिनेटमा अमेरिकी क्षेप्यास्त्र भन्डार खुल्छ । र, आईसीबीएमहरू प्रहार गरिन्छन् ।

  • ३०औँ मिनेटमा के हुन्छ ? 

केही मिनेटमै अमेरिकाको तीन वटा आणविक हतियार भन्डारमा आईसीबीएमको वर्षा हुन्छ । त्यी भण्डारहरू खाली हुन्छ । तर, उत्तरी डाकोटा, मोन्टाना, योम्याग, कोलोराडो तथा नेब्रास्कामा धेरै मानिस मारिन्छन् । अर्को पालो हमला वासिङ्गटन डीसीमा हुन्छ । 

आणविक युद्धले निम्त्याउने विनाश अनुमान गर्न सजिलो छैन । अमेरिकी वैज्ञानिक महासङ्घको हाम्रो टोलीले प्रिन्स्टन विश्वविद्यालयको विज्ञान तथा वैश्विक सुरक्षा कार्यक्रमका अनुसन्धानकर्ता सेवाष्टियन फिलिप्पेलाई यसबारे सोधेका थियौँ । उनी आणविक हतियारको प्रभाव तथा आणविक युद्धको परिणामबारे अध्ययन गर्छन् । उनले वासिङ्गटनमा हुने आक्रमण कस्तो हुन्छ भन्ने बुझ्न सघाए ।

पूर्ण–क्षमताको आक्रमण भयो भने सम्भवतः पेन्टागन, व्हाइट हाउस, संसद् भवन, विदेश मन्त्रालय तथा सङ्घीय आकस्मिक व्यवस्थापन एजेन्सीहरूका मुख्यालय निशानामा पर्न सक्छन् । त्यसपछि के हुन्छ भन्ने बारे हामी निम्नानुसार बुझ्न सक्छौँ:

विस्फोटको समयमा सूर्यको सतहभन्दा तातो आगोको गोलाले विस्फोट स्थलबाट केही सय मिटर भित्रका कङ्क्रिट भवन, रूख, सवारी साधन, मानिसहरू लगायत अन्य सबै चीजहरूलाई एकै पटकमा धुवाँमा मिलाइदिन्छ । आँखाले हेर्नै नसकिने स्तरको प्रकाश तथा अत्यधिक तापले जताततै आगो लगाइदिन्छ । 

धेरै माइल टाढाबाट प्रकाश हेर्न त सकिन्छ तर त्यहाँसम्मै मानिसहरू गम्भीर रूपले डढ्छन् । त्यस लगत्तै शक्तिशाली विस्फोटको शृङ्खला सुरु हुन्छ । त्यसले धेरै माइलसम्म क्षति पुर्‍याउँछ । विस्फोटको ६ माइल टाढासम्म भवनमा झ्याल ढोका क्षतिग्रस्त हुन्छन् ।

करिब पाँच लाख मानिसहरू तुरुन्तै मारिन्छन् । आँधीका कारण सिर्जित बतास र आगो वरपरको क्षेत्रमा फैलिन्छ । यसले थप मानिसहरूको मृत्यु गराउनुका साथै धनजनको विनाश गराउँछ । वासिङ्टन वरपरको क्षेत्रमा व्यापक आगलागी हुन्छ ।

अमेरिकाको प्रतिद्वन्द्वी मुलुकले आणविक क्षेप्यास्त्र प्रहार सुरु गरेको एक घण्टा भन्दा कम समयमै अमेरिकी आईसीबीएमहरू उनीहरूको जमिनमा पुगिसक्छन् । साथै त्यहाँ पनि असङ्ख्य मानिस मारिन्छन् । 
  • व्यापक प्रदूषण

विस्फोटको ६ देखी ८ मिनेटमा विकिरणले भरिएको धुलो, धुवाँ र भग्नावशेषहरूको च्याउ आकारको बादल ४० हजार फिटमाथि वायुमण्डलमा उठ्छ । यसरी आकाशमा उठेका पदार्थहरू घातक विकिरणसहित झर्छन् । यस क्रममा आकाशमा रहेका तथा धर्तीमा सयौँ माइलसम्म यसले भेट्ने सबै कुरा विकिरणयुक्त पारिदिन्छ ।

आक्रमणको दिन वायुमण्डलको माथिल्लो खण्डमा भएको हावाको बहावले आणविक विकिरण धर्तीमा कसरी झर्छ भन्ने तय गर्छ । विस्फोटको समयको तातो तथा आगोको प्रभावले मारिएका पाँच लाख मानिसको अलावा आकाशबाट झरेको विकिरणयुक्त पदार्थका कारण थप १० लाख मानिस मारिन्छन् । 

धेरै ठुलो परिधिमा मानिसहरू विकिरणको प्रभावका कारण केही दिन भित्रै मारिन्छन् । मेरिल्यान्ड, उत्तरी भर्जिनिया लगायतको ठुलो क्षेत्रमा विकिरणयुक्त पदार्थ खसेका कारण बसोबास योग्य रहँदैन । यसलाई हामीले चेर्नोविलको प्रतिबन्धित क्षेत्रसँग तुलना गरेर हेर्न सक्छौँ । वासिङ्गटन डीसी वरपरको ठुलो भूभाग विकिरण प्रदूषणको जोखिममा पर्छ ।

तत्कालीन समयको हावाको बहाव अनुसार आकाशबाट झर्ने विकिरण न्युयोर्क सहरसम्म पुग्न सक्छ । साथै पश्चिम अमेरिकामा रहेका आणविक भन्डारमा भएका आक्रमणबाट उठेको विकिरणयुक्त धुलो–धुवा मिसिएर पुरै मुलुकलाई विनाश निम्त्याउन सक्छ ।

  • ४५औँ मिनेटमा के हुन्छ ?

अमेरिकाको प्रतिद्वन्द्वी मुलुकले आणविक क्षेप्यास्त्र प्रहार सुरु गरेको एक घण्टा भन्दा कम समयमै अमेरिकी आईसीबीएमहरू उनीहरूको जमिनमा पुगिसक्छन् । साथै त्यहाँ पनि असङ्ख्य मानिस मारिन्छन् । 

यसरी, प्रमुख आणविक शक्तिहरू बिचको पूर्ण–क्षमताको युद्ध भयो भने त्यसले लाखौँ मानिसहरूको मृत्यु हुनुका साथै पृथ्वीको ठुलो भाग विकिरणले विकिरणहरूले दूषित हुनेछ । आणविक जाडो, जसमा बमबाट निस्कने धुवाँ र कालोले सूर्यको प्रकाशलाई पृथ्वीमा पुग्नबाट रोक्छ ।

यसले ‘आणविक हिउँद’ भनिने अवस्था निम्त्याउँछ । जहाँ विस्फोटबाट निस्कने धुवाँ र धुलोले सूर्यको प्रकाशलाई रोक्छन् तथा पुरै ग्रह चिसो हुन थाल्छ ।

(प्रस्तुत लेख द वासिङ्गटन पोस्टबाट लिइएको हो । लेखक अमेरिकी वैज्ञानिक महासंघ (फेडेरेसन अफ अमेरिकन साइन्टिष्ट) को हिस्साको रूपमा रहेको आणविक सूचना परियोजना (न्युक्लियर इन्फरमेसन प्रोजेक्ट) मा वरिष्ठ अनुसन्धान सहयोगीको रूपमा कार्यरत छन् । प्रस्तुत आलेख तयार गर्ने क्रममा एलियाना जोन्सले अनुसन्धानको काममा सघाएकी छिन )

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

मेकेन्जी नाइट बोएल
मेकेन्जी नाइट बोएल
लेखकबाट थप