आइतबार, ३१ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
अर्थ

सरकारी निकायले अब चेक काट्न नपाउने

आइतबार, २९ असार २०८२, १७ : ५६
आइतबार, २९ असार २०८२

सारांश

  • अर्थ मन्त्रालयले साउन १ गतेदेखि लागू हुने गरी विद्युतीय भुक्तानी गर्न निर्देशन दिएको छ।
  • सरकारी निकायले अब चेक काट्न नपाउने र भुक्तानी विद्युतीय माध्यमबाट गर्नुपर्ने भएको छ।
  • विद्युतीय भुक्तानी अनिवार्य नहुँदा आर्थिक वर्षको अन्तिममा 'ब्याक डेट' को चेक काट्ने चलन थियो, जुन अब रोकिनेछ।

काठमाडौँ । सरकारी निकायले अबदेखि चेक काट्न नपाउने भएका छन् । अर्थ मन्त्रालयले आफू मातहतका सबै निकाय तथा कार्यालयलाई परिपत्र गर्दै साउन १ गतेदेखि लागू हुने गरी कुनै पनि प्रकारको भुक्तानी विद्युतीय माध्यमबाट गर्न निर्देशन दिएको हो । 

यस सम्बन्धमा अर्थमन्त्री विष्णु पौडेलले गत शुक्रबार मन्त्रिस्तरीय निर्णय गरेका थिए । सो निर्णय बमोजिम परिपत्र गरिएको मन्त्रालयको परिपत्रमा उल्लेख छ । अहिले सरकारी निकायले गर्ने यस्ता भुक्तानीहरू बैंकिङ च्यानलबाट गर्नुपर्ने व्यवस्था रहे पनि विद्युतीय भुक्तानी अनिवार्य थिएन । 

त्यसैले अन्तिम समयमा आर्थिक वर्षको अन्तिममा ‘ब्याक डेट’को चेक काट्ने चलन थियो । यो व्यवस्था लागु भएसँगै यो प्रवृत्ति समेत रोकिनेछ ।

arth

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप