विद्या भण्डारीको सदस्यता नवीकरण स्थगित छः गौतम
सारांश
- एमालेका प्रचार विभाग प्रमुखका अनुसार पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पार्टी सदस्यता नवीकरण स्थगित गरिएको छ।
- पोलिटब्युरो बैठकमा भण्डारीको सदस्यता नवीकरणबारे छलफल हुने र हाल पेन्डिङमा राखिएको गौतमले बताए।
- भण्डारीले राष्ट्रपति पदका लागि पार्टी सदस्यता त्यागेकी थिइन्, जसले गर्दा नवीकरणबारे निर्णय आवश्यक छ।
काठमाडौँ । नेकपा एमालेका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पार्टी सदस्यता नवीकरण स्थगितको अवस्थामा रहेको दाबी गरेका छन् ।
दुई दिने पोलिटब्युरो बैठकको निर्णय सार्वजनिक गर्ने क्रममा प्रमुख गौतमले भण्डारीको सदस्यता नवीकरणबारे आगामी दिनमा छलफल हुने भन्दै हाल पेन्डिङ रहेको बताएका हुन् ।
सञ्चारकर्मीले भण्डारीको सदस्यता नवीकरणबारे सोधेको प्रश्नको जवाफ दिदै गौतमले भने, ‘अहिले उहाँको सदस्यता नवीकरण पेन्डिङ अवस्थामा छ । हामीले विधानका धाराहरू पनि हेर्यौँ, धारा ८ र ९ आकर्षित भयो । यो भनेपछि त्यो जहाँ छ, स्थगन अवस्थामा छ भन्ने बुझिन्छ ।’
भण्डारीले राष्ट्रपति हुन पार्टी सदस्यता त्यागेकाले नवीकरणबारे आवश्यक निर्णय गर्नुपर्ने वा पार्टीले अर्को कुनै निर्णय गर्नुपर्ने गौतमको भनाइ छ ।
यद्पि गत असार १४ गते भण्डारीले आफूले सदस्यता नवीकरण गरिसकेको घोषणा गरेकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आरक्षण कटौती गरिए कर्मचारीतन्त्रमा दलितको सहभागिता सवा प्रतिशत पनि रहँदैन : सचेतक परियार
-
भाइरलको दौड हैन, सदाबहार सिर्जना रोज्दै बबिता
-
गाजापट्टीमा नागरिक तथा नागरिक पूर्वाधारको संरक्षण गर्न राष्ट्रसङ्घको आह्वान
-
एमालेमा पार्टी शुद्धीकरण र पुनर्गठन अभियान : प्रदेशबाट थालियाे सुझाव सङ्कलन
-
जनसाङ्ख्यिक लाभांशमार्फत मधेसको आर्थिक रूपान्तरण कसरी गर्ने ?
-
आर्थिक र प्राविधिक अभावले करोडौँका डायलासिस मेसिन प्रयोगविहीन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण