विपद् प्रतिकार्यमा तुरुन्त कदम चाल्न सरकारलाई प्रचण्डको आग्रह
सारांश
- मौसम पूर्वानुमान महाशाखाले भारी वर्षाको सम्भावना जनाएपछि प्रचण्डले सरकारलाई विपद् प्रतिकार्यको तयारी थाल्न आग्रह गरे।
- प्रचण्डले बाढीपहिरोको जोखिम बढेको भन्दै स्थानीयलाई सतर्क रहन र प्रशासनको सूचना पालना गर्न आग्रह गरे।
- प्रचण्डले पार्टीपंक्तिलाई विपद् व्यवस्थापनमा सहयोग गर्न, जनतालाई सूचना दिन र राहतमा सक्रिय रहन आग्रह गरे।
काठमाडौँ । देशका विभिन्न क्षेत्रमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएपछि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विपद् प्रतिकार्यको तयारी थाल्न सरकारलाई आग्रह गरेका छन् ।
सामाजिक सञ्जालमार्फत उनले भनेका छन्– 'देशका विभिन्न क्षेत्रमा वर्षाका कारण बाढी र पहिरोको जोखिम बढेको छ। नदी किनारका क्षेत्रहरू, डुबान भइरहने होचो भूभाग र पहिरोको उच्च जोखिम भएका स्थानमा रहनुभएका सम्पूर्ण जनसमुदाय सतर्क रहनुहोला। स्थानीय प्रशासन तथा सम्बन्धित निकायहरूको सूचनाको पालना गर्नुहोला र आवश्यक सतर्कता अपनाउनु होला। साथै, विपद् पूर्व-व्यवस्थापन र प्रतिकार्यमा उच्च तयारीका लागि तुरुन्त कदम चाल्न सरकारसँग अनुरोध गर्दछु।'
प्रचण्डले पार्टीपंक्तिलाई विपद् व्यवस्थापनमा सहयोग पुर्याउन, जनतालाई समयमै सूचना दिन तथा आवश्यक राहत र सुरक्षाका उपायहरूमा सक्रिय रहन अपिल समेत गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्व रक्तदाता दिवस : सुरक्षित र पर्याप्त रगत आपूर्तिमा अझै असमानता
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
किन आन्दोलित छन् झण्डै १३ हजार चिकित्सक ?
-
रास्वपा लुम्बिनी प्रदेश अधिवेशन : सभापतिका लागि पुनः मतदान हुने
-
‘झोर्ले हजुर’ मार्फत विष्णु माझीले दिइन् सर्प्राइज
-
हाइटीविरुद्ध पहिलो हाफमा स्कटल्यान्डलाई अग्रता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण