कास्कीको लुम्लेमा सर्वाधिक २१५.८ मिलिमिटर वर्षा मापन
सारांश
- हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ, जसले गर्दा देशका विभिन्न स्थानमा वर्षा भइरहेको छ।
- पछिल्लो २४ घण्टामा कास्कीको लुम्लेमा सबैभन्दा बढी २१५.८ मिलिमिटर वर्षा मापन गरिएको छ।
- कोशी, मधेस, बागमती, गण्डकी प्रदेशमा धेरै र लुम्बिनी र कर्णाली प्रदेशमा हल्कादेखि मध्यम वर्षा भएको छ।
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा थोरै उत्तरतिर रहेको छ । यसले गर्दा देशभर साधरणतया बदली रहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार कोशी प्रदेश, मधेस प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशका धेरै र लुम्बिनी र कर्णाली प्रदेशमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
पछिल्लो २४ घण्टामा कास्कीको लुम्लेमा सबैभन्दा बढी २१५.८ मिलिमिटर वर्षा भएको छ । त्यस्तै, पर्वतको पञ्चासेमा १८९.८ मिलिमिटर वर्षा मापन भएको छ । पोखरामा पनि ११८.३ मिलिमिटर वर्षा भएको छ ।
धनकुटाको त्रिवेणीमा १९५.६ मिलिमिटर वर्षा मापन भएको विभागले जानकारी दिएको छ । त्यस्तै, जिल्लाको मछुवाघाटमा १७३.२ मिलिमिटर वर्षा भएको छ । धरानमा ११७.२ मिलिमिटर वर्षा मापन गरिएको छ । सुनसरीको तरहरामा १३०.६ मिलिमिटर वर्षा मापन भएको छ ।
पूर्वमा इलामको माइपोखरीमा १८०.८ मिलिमिटर वर्षा भएको छ भने इलामको राँकेमा १६५.४ मिलिमिटर वर्षा मापन भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कस्तो रहला आज तपाईँको दिन ? हेर्नुहोस् राशिफल
-
घानामाथि क्रोएसियाको रोमाञ्चक जित, इङ्गल्याण्ड र क्रोएसियासँगै घाना पनि अन्तिम ३२ मा !
-
विकट बस्तीमा निःशुल्क आँखा शिविर
-
पानामा र इङ्गल्याण्डबिचको पहिलो हाफ गोलरहित बराबरीमा
-
पहिलो हाफमा घानाविरुद्ध क्रोएसिया १–० ले अगाडि
-
घानाविरुद्ध क्रोएसियालाई महत्त्वपूर्ण अग्रता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण