हनी ट्रयापमा पारेर १४ लाख असुल्ने युवती पक्राउ
सुर्खेत । ‘हनी ट्रयाप’मा पारेर १४ लाख रुपैयाँभन्दा बढी रकम असुलेको आरोपमा सुर्खेत प्रहरीले एक युवतीलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा दैलेखको नौमुले गाउँपालिका–८ घर भई हाल वीरेन्द्रनगर नगरपालिका–९ मा बस्दै आएकी २१ वर्षीया शिन्दु चन्द रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक (डीएसपी) मोहनजंग बुढथापाले बताए ।
उनका अनुसार चन्दले ०८१ भदौ महिनामा पीडित पुरुषलाई वीरेन्द्रनगर–६ स्थित बुलबुले भ्यु होटलमा बोलाएर चिनजान गरेकी थिइन् ।
प्रहरीका अनुसार, उनीहरूबिच सहमतिमै सम्बन्ध कायम भएको थियो ।तर, पछि चन्दले सोही सम्बन्धलाई हतियार बनाउँदै ती पुरुषलाई जबरजस्ती करणीको मुद्दामा फसाइदिने र नग्न तस्बिर सामाजिक सञ्जालमा सार्वजनिक गरिदिने भन्दै धम्क्याउन थालिन् ।
यसरी डर, त्रास देखाएर उनले विभिन्न मितिमा पटक–पटक गरी पीडितबाट जम्मा १४ लाख २५ हजार रुपैयाँ असुल गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
पटक–पटक रकम माग गरी मानसिक तनाव दिएपछि पीडित पुरुषले प्रमाणसहित जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएका थिए ।सोही जाहेरीका आधारमा मंगलबार बिहानतिर खटिएको प्रहरी टोलीले चन्दलाई पक्राउ गरेको डीएसपी बुढथापाले जानकारी दिए ।
पक्राउ परेकी चन्दमाथि आर्थिक लाभ (एक्सटर्सन) सम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
५३ वर्षपछि ‘न्युयोर्क निक्स’ले उचाल्यो ‘एनबीए’ उपाधि
-
जनभावना विपरीतकाे अभिव्यक्तिले पार्टीको रक्षा हुँदैन : पोखरेल
-
जेनजी आन्दोलनमा जलेको भन्दै गण्डकीले खर्च गरेको साढे ४ अर्बको लेखा परीक्षण भएन
-
बाढी र पहिरोले देशका मुख्य राजमार्गहरू अवरुद्ध : कहाँ-कहाँ रोकिए सवारी साधन?
-
युवतीलाई बिजुलीको पोलमा बाँधेर कालो मोसो दल्ने चार जना पक्राउ
-
कीर्तिमान भङ्ग गर्ने दाउमा २१ वर्षे युवा सनसनी गुलेर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण