विद्यापुत्री उषाकिरणको टिप्पणी : नैतिक समर्थन पनि गर्न नसकिने तहसम्म पुर्याउने रहेछन्
सारांश
- पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी नेकपा एमालेको राजनीतिमा सहभागी नहुने पार्टीको निर्णयपछि छोरी उषाकिरणले असन्तुष्टि जनाइन्।
- उषाकिरणले पार्टीको निर्णय प्रक्रियामाथि प्रश्न उठाउँदै यसले आफूलाई अचम्म नपारेको बताइन्।
- उनले पुष्पलालको परिवारले एमालेलाई नैतिक समर्थन किन गरेनन् भन्ने प्रश्नको जवाफ पाएको उल्लेख गरिन्।
काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई नेकपा (एमाले) को औपचारिक राजनीतिमा सहभागी नहुन पार्टी केन्द्रीय समितिको निर्णय सार्वजनिक भएपछि उनकी छोरी उषाकिरण भण्डारीले सामाजिक सञ्जालमार्फत असन्तुष्टि प्रकट गरेकी छन्।
बुधबार फेसबुकमा एक लामो स्ट्याटस लेख्दै उषाकिरणले पार्टीको निर्णयप्रति असन्तुष्टि पोख्दै उनले भनेकी छन्, ‘तपाईंहरू मध्य कति जना यो निर्णयबाट छक्क पर्नुभएको देखेर म छक्क परेँ। तपाईंहरू मानव प्रकृतिलाई नहेरी कसरी बाँचिरहनुभएको छ ?’
उनले पार्टीको निर्णय प्रक्रियामा तिगडम भएको दाबी गर्दै लेखेकी छन्, ‘निर्णय र निर्णयमा पुग्न गरिएका तिगडम दुवैबाट म चाहिँ अच्चमित छैन। म खुसी छु कि यो खुला रूपमा बाहिर आयो।’
उषाकिरणले आफू सधैँ देखिने गरी पार्टीको समर्थनमा उभिए पनि पछिल्लो घटनाक्रमले पुष्पलालको परिवारले किन एमालेलाई नैतिक समर्थन गरेनन् भनेर ज्ञान भएको बताइन् ।
उनले भनेकी छन्- ‘विगतको एक महिनादेखि मलाई ज्ञान भयो, नैतिक समर्थन पनि गर्न नसकिने तहसम्म पनि पुर्याउने रहेछन्। र नैतिक समर्थन खोज्दैनन् पनि। यो ज्ञानको बोझ आज यहाँ बिसाउने मौका यो प्रकरणले दियो । त्यस कारण यो प्रकरणलाई धन्यवाद !’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आरक्षण कटौती गरिए कर्मचारीतन्त्रमा दलितको सहभागिता सवा प्रतिशत पनि रहँदैन : सचेतक परियार
-
भाइरलको दौड हैन, सदाबहार सिर्जना रोज्दै बबिता
-
गाजापट्टीमा नागरिक तथा नागरिक पूर्वाधारको संरक्षण गर्न राष्ट्रसङ्घको आह्वान
-
एमालेमा पार्टी शुद्धीकरण र पुनर्गठन अभियान : प्रदेशबाट थालियाे सुझाव सङ्कलन
-
जनसाङ्ख्यिक लाभांशमार्फत मधेसको आर्थिक रूपान्तरण कसरी गर्ने ?
-
आर्थिक र प्राविधिक अभावले करोडौँका डायलासिस मेसिन प्रयोगविहीन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण