चितवन राइनोजको लोगो परिवर्तन
सारांश
- चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ का लागि आफ्नो टिम लोगो परिवर्तन गरेको छ।
- नयाँ लोगोमा 'राइनोज' अर्थात् गैँडालाई मुख्य रूपमा प्रस्तुत गरिएको छ, जसले टिमको मर्म र समर्थकको भावनालाई जोड्छ।
- अघिल्लो सिजनमा मस्कट 'मिस्टर गैँडा' लोकप्रिय बनेको र समर्थकको चाहनालाई कदर गर्दै नयाँ लोगो बनाइएको हो।
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) मा चितवन राइनोजले सिजन २ का लागि आफ्नो टिम लोगोमा परिवर्तन गरेको छ ।
गत सिजनको लोगोमा ‘चितवन’ भन्ने शब्दलाई अगाडि राखिएको थियो, जुन सहरको पहिचानमा केन्द्रित थियो । तर, यस पटकको लोगोमा ‘राइनोज’ अर्थात् गैँडालाई मुख्य रूपमा प्रस्तुत गरिएको छ ।
चितवन राइनोजका अध्यक्ष आयुष न्यौपानेले भने, ‘हाम्रो टिमको मर्म र फ्यानहरूको भावना दुवैलाई जोड्छ । यो परिवर्तन केवल डिजाइनमा होइन, समर्पण र गर्वको झल्को पनि हो । अबको लोगोमा देखिएको गैँडा, चितवन, नेपाली क्रिकेट, र एनपीएललाई माया गर्ने लाखौँ समर्थकहरूको प्रतिनिधि बनेर अगाडि आएको छ ।’
गत सिजनमा चितवनको मस्कट ‘मिस्टर गैँडा’ ले लोकप्रियता कमाएको थियो । न्यौपानेले भने, ‘त्यसले हाम्रो फ्यानहरूको चाहनालाई प्रस्टसँग देखायो। यही माया र समर्थनलाई कदर गर्दै, नयाँ लोगोमार्फत हामी फ्यानहरूको भावना झनै नजिक ल्याउन खोजिरहेका छौँ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
परराष्ट्रमन्त्री खनाल आज चीन भ्रमणमा जाँदै, यस्तो छ कार्यतालिका
-
ट्राफिक कारबाहीमा चार लाख ५८ हजार राजस्व सङ्कलन
-
महाकाली पुलको गाइडबण्ड पुनर्निर्माणमा खटियो सेना
-
दामोदरकुण्ड तीर्थयात्रीलाई निःशुल्क भोजनको व्यवस्था
-
गायक तथा सङ्गीतकार आशिष अविरलमाथि अमेरिकामा कुटपिट
-
तीन मौसमी वायुको असर : आज यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण