गणतन्त्र त आयो तर झारपात पलाए : विप्लव
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द(विप्लव)ले गणतन्त्रमा झार पलाएको टिप्पणी गरेका छन् । बुधवार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो टिप्पणी गरेका हुन् । गणतन्त्र त आएको तर झार पलाएर गणतन्त्रका फूलहरू खोज्नुपर्ने भएको उनको भनाइ छ ।
हरेक दिन एकताको कुरा गर्ने तर आफैँभित्र उकुसमुकुसको स्थिति रहेको उहाँको भनाइ छ । कम्युनिष्ट आन्दोलनलाई एकता नै आवश्यक रहेको तर त्यसका लागि निश्चित दृष्टिकोणको जरुरी रहेको उनको भनाइ छ । नेपालको राजनीतिमा गणतन्त्र आएपछि दलालहरूका झारपातहरू मौलाएको उनको जिकिर छ ।
महासचिव चन्दले भने,‘हामी हरेक समयमा एकताको कुरा गर्छौँ तर हामीभित्र उकुसमुकुस छ । हामीलाई चाहिएको एकता नै हो । हामीलाई चाहिएको मोर्चा नै हो । सहकार्य र सहयात्रा नै हो । त्यसको लागि एउटा निश्चित दृष्टिकोण नै हो । नेपाली समाजको नयाँ व्याख्या जरुरी छ । प्रचण्डहरूले निर्णय गर्नुभएको थियो, यो पहाड भत्काएको हामीले हो । निःशर्त हो । आज पनि भत्काउँछौँ । दलालहरूलाई कुन कुन खाल्डोमा हाल्नुपर्छ भन्ने राम्रोसँग थाहा छ । गणतन्त्रमा झारपात उम्रिएका छन् । गणतन्त्रका फूलहरू हेर्न झारहरू पल्टाएर हेर्नुपर्ने भयो । नेपालको राजनीतिमा गणतन्त्र आएपछि दलालहरूका झारपातहरू मौलाएका छन् । कुन फूल र कुन झारपात नेपाली जनता अलमलमा परेका छन् । बर्खामा च्याउ उम्रिएका जस्ता झारपात उम्रिएका जस्ता राजनीतिक दलहरू छन् । गणतन्त्रमा बर्खामा उम्रिएका झारपातहरू छन् । गणतन्त्र त आयो तर झारपातले ढाक्यो ।’
महासचिव चन्दले निश्चित दृष्टिकोणसहित अघि बढेर कम्युनिष्ट एकतालाई अझ बलियो बनाउनुपर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आरक्षण कटौती गरिए कर्मचारीतन्त्रमा दलितको सहभागिता सवा प्रतिशत पनि रहँदैन : सचेतक परियार
-
भाइरलको दौड हैन, सदाबहार सिर्जना रोज्दै बबिता
-
गाजापट्टीमा नागरिक तथा नागरिक पूर्वाधारको संरक्षण गर्न राष्ट्रसङ्घको आह्वान
-
एमालेमा पार्टी शुद्धीकरण र पुनर्गठन अभियान : प्रदेशबाट थालियाे सुझाव सङ्कलन
-
जनसाङ्ख्यिक लाभांशमार्फत मधेसको आर्थिक रूपान्तरण कसरी गर्ने ?
-
आर्थिक र प्राविधिक अभावले करोडौँका डायलासिस मेसिन प्रयोगविहीन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण