गजल
माया वारिपारि
बिहीबार, ०८ साउन २०८२, १३ : २८
कहिलेकाहीँ माया पनि टाढा पारि भइदिन्छ
यसो बिर्सन खोज्यो फेरि यादले वारि भइदिन्छ ।
अरूलाई खुसी दिएर आफू रित्तिएको बेला
हिँड्ने समथर मैदान पनि काँडाघारी भइदिन्छ ।
मालीबिनाको फूल सधैं हाँसेको कहाँ सुहाउँछ ?
जमिन पनि हेरचाहबिना रूखो बारी भइदिन्छ ।
नभुल्नु निष्ठुरी चोखो माया रंगीन दुनियाँ हेरेर
मतलब नगरेको मान्छे जीवनको छहारी भइदिन्छ ।
-सुन्दरहरैँचा, मोरङ
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
घोडाघोडी सिमसार क्षेत्रमा सूचक प्रजाति हरिहाँसको गणना सुरु
-
कुनै पनि अन्तर्राष्ट्रिय शक्तिप्रति अनावश्यक झुकाव नराख्ने रास्वपाको नीति
-
कोरियाली प्रायद्वीपलाई आणविक हतियार मुक्त बनाउन दक्षिण कोरिया र जापानको पुनः प्रतिबद्धता
-
तिनाउ खोलाको बाढीमा फसेका युवकको सकुशल उद्धार
-
इरान र दक्षिण कोरिया नाटकीय ढंगमा समूह चरणबाटै बाहिरिए
-
४ अध्यादेश प्रतिस्थापन विधेयक प्रतिनिधि सभामा पेस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण