सल्यानमा फोर्स गाडी दुर्घटना, चालकसहित १३ जना घाइते
सारांश
- सल्यानमा फोर्स गाडी दुर्घटना हुँदा चालक सहित १३ जना घाइते भएका छन्।
- दुर्घटना कुमाख गाउँपालिका-२, बढाई ज्युलामा भएको थियो र गाडी २५ मिटर तल खसेको थियो।
- प्रहरीले उद्धार कार्य सुरु गरेको छ र घाइतेहरुलाई उपचारका लागि अस्पताल पठाउने तयारी भइरहेको छ।
सल्यान । नेपालगन्जबाट सल्यानको रागेचौरतर्फ जाँदै गरेको फोर्स गाडी बिहीबार दिउँसो दुर्घटना हुँदा चालक सहित १३ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार कुमाख गाउँपालिका–२, बढाई ज्युला भन्ने स्थानमा भे १ ख ३९९४ नम्बरको फोर्स गाडी अनियन्त्रित भई सडकबाट करिब २५ मिटर तल खसेको थियो ।
जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी रमेश खत्रीका अनुसार दिउँसो करिब १ः ०० बजे दुर्घटना भएको हो । दुर्घटनाको खबर प्राप्त हुनासाथ घटनास्थलमा प्रहरी टोली खटिएर उद्धार कार्य सुरु गरिएको थियो ।
खत्रीले जानकारी दिएअनुसार, नजिकैको प्रहरी पोस्ट नेटाबाट प्रहरी सहायक निरीक्षक पदमबहादुर वलीको कमान्डमा ४ जनाको टोली तत्कालै घटनास्थलमा पुगेको थियो । साथै, इलाका प्रहरी कार्यालय रागेचौरबाट प्रहरी निरीक्षक धर्मेन्द्र खड्काको नेतृत्वमा ६ जनाको थप टोली पनि उद्धारका लागि पठाइएको छ।
दुर्घटनामा घाइते भएका सबैलाई उद्धार गरी उपचारका लागि अस्पताल पठाउने तयारी भइरहेको छ । घाइतेहरूको विस्तृत विवरण र दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । गाडीका चालकको नाम खुल्न सकेको छैन ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण