आइतबार, १४ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

चलचित्र ‘मोहर’को ट्रेलर सार्वजनिक

शुक्रबार, ०९ साउन २०८२, १६ : ३३
शुक्रबार, ०९ साउन २०८२

काठमाडौँ । यही साउन २३ गतेबाट प्रदर्शनमा  आउन लागेको चलचित्र ‘मोहर’को ट्रेलर सार्वजनिक गरिएको छ । शुक्रबार सार्वजनिक गरिएको ट्रेलरमा सस्पेन्स, थ्रीलरको साथमा प्रेम, बिछोड र बदलाको कथा देखाइएको छ ।

ट्रेलर पल शाह, नायिकाद्धय बेनिशा हमाल र नीति शाह, कलाकारहरू लक्ष्मी गिरी, अर्जुन जंग शाही र बाल–कलाकार सारा शर्माको वरिपरि घुमेको छ । चलचित्रका निर्देशक ओम प्रतीक हुन् । 

प्रतिककै लेखन रहेको फिल्म चुम्बन जंग शाहीले निर्माण गरेका हुन् । फिल्म मेकर्स प्रा.लिको ब्यानरमा निर्माण भएको चलचित्रमा देउकी प्रथालाई मुख्य विषयवस्तु बनाएको छ ।

चलचित्रमा पल शाह, अर्जुन जंग शाही, बेनिशा हमाल, नीति शाह, मिथिला शर्मा, रविन्द्र झा, लक्ष्मी गिरी, मिस पबी, सुशील देवकोटा, लक्ष्मीनाथ तिमिल्सिना, सिद्धार्थ सिंह, माधव दत्त पण्डित, गीता थापा, नविन खतिवडा, अर्जुन आचार्य र बाल कलाकार सारा शर्माको मुख्य भूमिका छ ।

दीपेन बस्न्यातको डीओपी, भूपेन्द्र अधिकारीको सम्पादन, सुरेश अधिकारी, थानेश्वर गौतम, एसडी योगीको सङ्गीत रहेको फिल्ममा रामजी लामिछाने र कविराज गहतराजको कोरियोग्राफी र कुमार महर्जनको एक्सन छ ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप