भक्तपुरमा दुर्घटना न्युनिकरण गर्न ट्राफिक प्रहरीको ‘एक्शन’
भक्तपुर । अरनिको राजमार्गको जडिबुटी–भक्तपुर–सागाँ खण्डमा दैनिक जसो सवारी साधन दुर्घटनामा पर्न थालेपनि ट्राफिक प्रहरी न्युनिकरणको लागि एक्शनमा उत्रिएको छ ।
पूर्वी नेपालबाट राजधानी आउने साना तथा मध्यम सवारी साधन विपि राजमार्ग हुदैँ यहिँ सडकबाट राजधानी भित्रिने भएपछि यो खण्मा अत्यधिक सवारी चाप हुने गरेको छ ।
महानगरीय ट्राफिक प्रहरी परिसर कार्यालय भक्तपुरको अनुसार दैनिक करिब ५ हजार ३ सय सवारीसाधन काठमाडौँ भित्रने र त्यहिनै संख्यामा बाहिरिने गरेका छन् ।
शुक्रबार बिहानै भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको थियो भने गत जेठ महिनामा उक्त सडक खण्डमा पाँच जनाको मृत्यु सवारी दुर्घटनाको कारणले भएको थियो ।
साँगा सूर्यविनायक खण्डमा फुटपाथ नभएकाले पनि पैदल यात्रु सडक किनाराबाट हिँड्न बाध्य हुदाँ दुर्घटनाको जोखिम बढ्ने गरेको हो ।
महानगरीय ट्राफिक प्रहरी परिसर कार्यालय भक्तपुरका प्रमुख प्रहरी निरिक्षक जगत नेपालीले दैनिक रुपमा ट्राफिक प्रहरी अरनिको राजमार्गको विभिन्न खण्डमा चेकजाँच गरिरहेको बताए ।
तीव्र गतिमा हुइकिने सवारी साधनलाई कारवाही गर्न उक्त सडक खण्डमा राडर गन लिएर ट्राफिक प्रहरीहरु दैनिक जसो चेकजाँच गरिहेका छन् ।
भक्तपुर ट्राफिक प्रहरी प्रमुख नेपालीले भने ‘सडक सभ्यता र संस्कतिको मनन गर्न नसक्दा दुर्घटना बढ्ने गरेको छ, आम मानिसमा चेतनाको कमीले गर्दा ६ लेन सडकमा दुर्घटना हुने गरेको छ ।’
लेन अवधारणा अनुसार सवारी नचलाउनु, अनुभवी चालक नहुनु, मादक पदार्थ सेवन गरि चलाउनु र ट्राफिक नियम पालना नगर्नाले दुर्घटना हुने गरेको ट्राफिक प्रहरीको भनाई छ ।
केही दिनदेखि प्रहरीले राजमार्गको जगाती– साँगा खण्डमा त टाइम कार्ड प्रणाली समेत लागू गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: कागजात मिलाउन नेताहरूको दौडादौड, राउटे बस्तीमा अनधिकृत प्रवेश रोकिने
-
ढुसीजन्य रोगले धानको बेर्नामा क्षति, किसान चिन्तित
-
एक दर्जन सुरुङमार्गको सम्भाव्यता अध्ययन र निर्माणका लागि ६८ करोड
-
एक राउन्ड गोली प्रहार गरी ३० हजार क्याप्सुल ट्रामाडोल सहित ३ जना पक्राउ
-
अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको तेस्रो बैठक सम्पन्न, एकता प्रक्रियालाई अन्तिम टुङ्गो दिने निर्णय
-
२ मतको अन्तरले रास्वपा बागमतीको सभापतिमा उत्सव अर्याल विजयी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण