वर्षाले उपत्यकामा केही राहत, चार ठाउँमा भारी वर्षा
सारांश
- काठमाडौं उपत्यका लगायतका जिल्लामा आज साँझ वर्षा भएको छ, जसले केही राहत दिएको छ।
- पछिल्लो ६ घण्टामा देशका केही ठाउँमा भारी वर्षा भएको छ, जसमा सिन्धुपाल्चोकमा सबैभन्दा बढी वर्षा भएको छ।
- मौसम विज्ञान विभागका अनुसार मनसुन कमजोर रहेको र आउँदो २४ घण्टामा क्षणिक वर्षा हुने सम्भावना छ।
काठमाडौँ । केही समययता गर्मी महसुस गरिरहेको काठमाडौँ उपत्यकालगायत केही जिल्लामा आज साँझ परेको वर्षाले शीतल हुँदा केही राहत महसुस भएको छ । काठमाडौँ उपत्यकामा आज मध्यम वर्षा भएको छ ।
पछिल्लो ६ घण्टामा देशका केही ठाउँमा भारी वर्षा समेत भएको छ । तराईलगायत क्षेत्र सुक्खा हुँदा यस पटक खण्डीकृत वर्षा भइरहेको छ । रसुवालगायत क्षेत्रमा ठुलो क्षति हुने गरी बाढी आउँदा तराईलगायतका विभिन्न जिल्ला सुक्खा बनिरहेका बेला आज पनि केही क्षेत्रमा भने भारी वर्षा भएको छ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार आज पछिल्लो ६ घण्टामा मात्रै एक ठाउँमा अति भारी र चार ठाउँमा भारी वर्षा भएको छ । सबैभन्दा बढी पानी सिन्धुपाल्चोकमा भएको छ । त्यहाँको गोब्रे वर्षा मापन केन्द्रमा ११७ मिलिमिटर वर्षा भएको हो ।
यस्तै सिन्धुपाल्चोककै तारके घ्याङमा ५३.४ मिलिमिटर पानी परेको छ । यस्तै मकवानपुरको मार्खुमा ५२.२ मिलिमिटर, मकवानपुरकै सिलिङेमा ६५.४ मिलिमिटर, डोटीको झिङरानमा ५८.४ मिलिमिटर पानी परेको छ ।
विभागका अनुसार ५० देखि १०० मिलिमिटर वर्षालाई भारी वर्षाका रूपमा चिनिन्छ । विभागका सूचना अधिकारी दिनाकर कायस्थले मनसुन कमजोर रहेको र राम्ररी सक्रिय हुन नसकिरहेको बताए ।
विभागका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव कमजोर रहेको र मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास नै छ । आउँदो २४ घण्टामा पनि क्षणिक वर्षा हुने भएकाले गर्मी यथावत् नै रहने जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कस्तो रहला आज तपाईँको दिन ? हेर्नुहोस् राशिफल
-
घानामाथि क्रोएसियाको रोमाञ्चक जित, इङ्गल्याण्ड र क्रोएसियासँगै घाना पनि अन्तिम ३२ मा !
-
विकट बस्तीमा निःशुल्क आँखा शिविर
-
पानामा र इङ्गल्याण्डबिचको पहिलो हाफ गोलरहित बराबरीमा
-
पहिलो हाफमा घानाविरुद्ध क्रोएसिया १–० ले अगाडि
-
घानाविरुद्ध क्रोएसियालाई महत्त्वपूर्ण अग्रता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण