एनपीएल
एनपीएलको अक्सन साउन २४ गते, ४५८ खेलाडीले गराए नाम दर्ता
शनिबार, १० साउन २०८२, १७ : ११
सारांश
- नेपाल प्रिमियर लिग (एनपीएल) टी ट्वान्टी क्रिकेटको अक्सन साउन २४ गते हुने भएको छ।
- नेपाल क्रिकेट संघ (क्यान) ले खेलाडी दर्ता प्रक्रिया पुरा गरेपछि अक्सनको मिति तय गरेको हो।
- अक्सनमा सहभागी हुने खेलाडीहरूको अन्तिम नामावली क्यानको प्राविधिक समितिले तयार गर्नेछ।
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) टी ट्वान्टी क्रिकेटको अक्सन साउन २४ गते हुने भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले खेलाडी दर्ता प्रक्रिया सकाएसँगै अक्सनको मिति तय गरेको हो । क्यानले जुलाई १२ देखि २२ सम्म खेलाडी दर्ताका लागि मिति तोकेको थियो । जसमा सबै क्याटेगोरीमा गरेर ४५८ जना खेलाडीले नाम दर्ता गराएका छन् ।
क्यानले दर्ता भएका सम्पूर्ण खेलाडीहरूको विवरण एनपीएलमा सहभागी ८ फ्रेञ्चाईज टोलीहरूलाई उपलब्ध गराई सकेको छ । अब नेपाल क्रिकेट सङ्घको प्राविधिक समितिले तयार गरेको मापदण्ड र फ्रेञ्चाईज टोलीहरूले इच्छ्याएका खेलाडीहरूको सूचीबाट अक्सनमा सहभागी हुने खेलाडीहरूको अन्तिम नामावली प्रकाशन हुनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भिनिसियसको गोलमा ब्राजिलको कमब्याकः मोरक्कोसँगको पहिलो हाफ १–१ को रोमाञ्चक बराबरीमा
-
भिनिसियस जुनियरको गोलमा ब्राजिलको पुनरागमन
-
ब्राजिलविरुद्ध मोरक्कोको सुरुवाती अग्रता, २१ औँ मिनेटमा साइबारीको गोल
-
२४ वर्षको खडेरी तोड्ने लक्ष्यका साथ मैदानमा ब्राजिल
-
ब्राजिल भर्सेस मोरक्कोः सुरुवाती ११ सार्वजनिक, नेयमार बिना नै मैदानमा ब्राजिल
-
अमेरिका र इरानबिच आइतबार शान्ति सम्झौता हुने ट्रम्पको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण