आइतबार, ३१ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

अमलेखगञ्जबाट बिलबिनाको सुनसहित एक युवक पक्राउ

आइतबार, ११ साउन २०८२, १९ : ५१
आइतबार, ११ साउन २०८२

बारा । बारा प्रहरीले एक सय ग्रामभन्दा बढी सुनसहित एक युवकलाइ पक्राउ गरेको छ । मकवानपुर बकैया गाउँपालिका–७ का २६ वर्षीय गोपीलाल विश्वकर्मालाई बाराकाे अमलेखगञ्जबाट पक्राउ गरिएको बारा प्रहरी प्रमुख सन्तोष तामाङले जानकारी दिए । 

उनका अनुसार अमलेखगञ्जमा जाँचका क्रममा बिलबिनाको सुनसहित हिँडेकाले उनलाइ पक्राउ गरिएको हो । अमलेखगञ्जस्थित चेकपोस्टमा खटिएको प्रहरी टोलीले हेटौंडाबाट निजगढतर्फ जाँदै गरेको ना२२प ३८३४ नम्बरको मोटरसाइकललाई रोकेको थियो । 

सोही क्रममा विश्वकर्माको साथमा रहेको झोलाबाट कुनै बिल नखुलेको १०८.८ ग्राम (१२.६९० तोला) सुनका विभिन्न गरगहना बरामद गरिएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । प्रहरीले सुन तस्करीको आशंकामा विश्वकर्मालाई नियन्त्रणमा लिई थप अनुसन्धान प्रक्रिया बढाएको जानकारी दिएको छ । 

उनलाई हाल इलाका प्रहरी कार्यालय सिमराको हिरासतमा राखिएको छ । बरामद गरगहनाको स्रोत तथा प्रयोजनबारे विस्तृत छानबिन सुरु गरिएको इलाका प्रहरी कार्यालय सिमराले जनाएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप