शनिबार, २३ जेठ २०८३
ताजा लोकप्रिय

कांग्रेस बागमतीको संसदीय दलको नेताको निर्वाचन कार्यक्रम सार्वजनिक, बुधबार मतदान हुने

मङ्गलबार, १३ साउन २०८२, १९ : ४५
मङ्गलबार, १३ साउन २०८२

मकवानपुर । नेपाली कांग्रेस बागमती प्रदेशसभाको संसदीय दलको नेता चयन गर्नका लागि निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ । कार्यक्रम तालिका अनुसार संसदीय दलको नेता चयन प्रक्रियामा साउन १४ गते बुधबार मतदान हुने कार्य तालिका तय भएको हो ।

निर्वाचन समितिका संयोजक हरिशरण श्रेष्ठका अनुसार निर्वाचन कार्यक्रम अन्तर्गत साउन १४ गते बिहान ८ बजे मतदाता नामावली प्रकाशित हुनेछ भने नामावलीमा दाबी विरोध साउन १४ गते बिहान ८ः३० देखि ९ बजेभित्र गर्ने तय भएको छ ।

उम्मेदवारका लागि दरखास्त दर्ता कार्यक्रम साउन १४ गते बिहान १० बजेदेखि ११ बजेभित्र सञ्चालन हुने उनले बताए । उम्मेदवारहरूको प्रारम्भिक नामावली स ११ः३० बजे प्रकाशित गरिनेछ भने उम्मेदवारको नाम फिर्ता दिने समय दिउँसो १२ बजेसम्म तोकिएको छ । दिउँसो १ बजे अन्तिम उम्मेदवारको नामावली प्रकाशन गरिने छ भने मतदान सोही दिन दिउँसो २ बजेदेखि ३ बजेसम्म हुनेछ ।

संसदीय दलको नेताको निर्वाचन प्रक्रियाको मतदानका कार्य कांग्रेस बागमती प्रदेश संसदीय दलको कार्यालय, हेटौँडामा हुनेछ भने मतदानका लागि प्रदेशसभा सचिवालयबाट जारी गरिएको परिचय पत्र अनिवार्य गरिएको छ । मतदान सम्पन्न भए लगत्तै मतगणना सुरु गरिने र सोही दिन निर्वाचन परिणाम घोषणा गरिने जनाइएको छ । निर्वाचन समितिको सदस्यहरूमा ऋषिराम घिमिरे र जीवन ढुङ्गेल रहेका छन् ।

karyakram talika

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप