हेडक्वार्टरमा कार्यरत प्रहरी जवान बलात्कार आरोपमा पक्राउ
मङ्गलबार, १३ साउन २०८२, २२ : ०९
काठमाडौँ । हेडक्वार्टमा कार्यरत प्रहरी जवान बलात्कार आरोपमा पक्राउ परेका छन् ।
प्रधान कार्यालयस्थित सुरक्षा सेवा व्यवस्थापन महाशाखामा कार्यरत जवान मान बहादुर विक पक्राउ परेका हुन् ।
हात्तीवनस्थित डेरामा बलात्कार गरेको आरोपमा उनलाई मंगलबार पक्राउ गरिएको ललितपुरका एसएसपी श्यामकृष्ण अधिकारीले रातोपाटीलाई बताए । उनले भने, ‘जबर्जस्तीकरणी सम्बन्धी कसुरमा अदालतबाट म्याद लिएर अनुसन्धान गरिरहेका छौँ ।’
जवान बाजुराका स्थानीय हुन् । उनले कालिकोट घर भएकी २६ वर्षीया युवतीलाई बलात्कार गरेको आरोप छ । बलात्कारपछि विकले सामाजिक सञ्जालमा ती महिला आफ्नी पत्नी भएको भन्दै पोस्ट गरेका थिए ।
पीडित युवती र आरोपी दुवै विवाहित हुन् ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण