आइतबार, ३१ जेठ २०८३
ताजा लोकप्रिय

बोर्ड अफ ट्रेडमा निजी क्षेत्रका तीन सदस्य नियुक्त

बुधबार, १४ साउन २०८२, १५ : ४७
बुधबार, १४ साउन २०८२

काठमाडौँ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले बोर्ड अफ ट्रेडमा निजी क्षेत्रका तीन सदस्य नियुक्त गरेको छ । 

सोमबार उद्योगमन्त्री दामोदर भण्डारीले ज्योत्सना श्रेष्ठ , विदुसी राणा कुशकुमार जोशीलाई बोर्ड अफ ट्रेडको सदस्य पदमा नियुक्त गरेका हुन् । 

वाणिज्य नीति २०८१ मा नीति र अन्य क्षेत्रगत नीतिहरुकोबिचमा सामञ्जस्यताका लागि  सरकारलाई सिफारिस गर्न, नीतिको कार्यान्वयन मार्गनिर्देशन, समन्वय तथा सहजीकरण गर्न, नीति कार्यान्वयनमा सरकारी तथा निजी क्षत्रसँग समन्वय गर्न बोर्ड अफ ट्रेड गठन गर्ने व्यवस्था छ ।

सोही व्यवस्थाअनुसार निजी क्षेत्रबाट ४ सदस्य नियुक्त गर्न पाउने उल्लेख छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप