एमाले कर्णालीको छैटौँ बैठक सुर्खेतमा सुरु
सुर्खेत । नेकपा (एमाले) कर्णाली प्रदेश कमिटीको छैटौँ बैठक सुर्खेतमा सुरु भएको छ । एमाले प्रदेश कमिटी अध्यक्ष गुलावजंग शाहको अध्यक्षतामा बसेको बैठकमा पार्टी स्थायी कमिटी सदस्य तथा कर्णाली प्रदेशका मुख्यमन्त्री यमलाल कँडेल, पार्टी स्थायी कमिटी सदस्य तथा एमाले कर्णाली इन्चार्ज गोरखबहादुर बोगटीको उपस्थिति रहेको छ ।
बैठकमा पार्टीको आसन्न विधान महाधिवेशनका लागि नवौँ केन्द्रीय कमिटीले मातहतका कमिटीमा छलफलका लागि पठाएको विधान संशोधन प्रस्तावमाथिको छलफल, पार्टी सदस्यता नवीकरण, नियमित साङ्गठनिक गतिविधिको समीक्षा लगायतका विषयमा छलफल हुने पार्टी अध्यक्ष शाहले जानकारी दिए । उनका अनुसार बैठकमा प्रदेश कमिटी सदस्य, दशवटै जिल्लाका अध्यक्ष, कर्णालीबाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्य राजबहादुर बुढा, दल रावल, मोहनमाया ठकाल, दक्षिणा शाही लगायतका नेताहरूको पनि सहभागिता रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
परराष्ट्रमन्त्री खनाल आज चीन भ्रमणमा जाँदै, यस्तो छ कार्यतालिका
-
ट्राफिक कारबाहीमा चार लाख ५८ हजार राजस्व सङ्कलन
-
महाकाली पुलको गाइडबण्ड पुनर्निर्माणमा खटियो सेना
-
दामोदरकुण्ड तीर्थयात्रीलाई निःशुल्क भोजनको व्यवस्था
-
गायक तथा सङ्गीतकार आशिष अविरलमाथि अमेरिकामा कुटपिट
-
तीन मौसमी वायुको असर : आज यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण