चलचित्र ‘जलाकी’को दुई पोस्टर सार्वजनिक
काठमाडौँ । अभिनेता धिरज मगर र अभिनेत्री उपासना सिंह ठकुरीको मुख्य भूमिका रहेको चलचित्र ‘जलाकी’को फष्टलुक सार्वजनिक गरिएको छ ।
सोमबार निर्माण पक्षले चलचित्रको फष्टलुक्सको रूपमा दुई पोस्टर सार्वजनिक गरेको हो । सार्वजनिक दुई पोस्टरमा धिरज र उपासनालाई रोमान्टिक अवतारमा प्रस्तुत गरिएको छ ।
अशोक थापामगरको निर्देशन रहेको चलचित्रमा धिरज र उपासनाका साथै सोनम तोप्देनका पनि मुख्य भूमिका छन् ।त्रिकोणात्मक प्रेम कथामा आधारित चलचित्रमा शिल्पा मास्के, माओत्से गुरुङ, बुद्धि तामाङ, अस्तित्व भट्टचन, संगीता थापा मगर, राजु रेग्मी मगर, खड्क बहादुर पुन (खबपु) रहेका छन् ।
अन्य कलाकारहरूको छनौट कार्य भइरहेको निर्माण पक्षले जानकारी दिएको छ ।चलचित्रका निर्माताहरूमा ओम घर्ती मगर, वीर बहादुर लामा, चन्द्र बहादुर भट्टचन, बेताने मगर (बबिता राना), मान बहादुर धनाह मगर र सुस्मिता बुढाथोकी रहेका छन् ।
चलचित्रकाे पहिलो चरणको छायाङ्कन सकिएको छ, भने दोस्रो चरणको छायाङ्कन २१ गतेबाट हुँदैछ । फिल्ममा महेश बराल तथा एसडी योगी र सरित राईको संगीत रहनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विकट बस्तीमा निःशुल्क आँखा शिविर
-
पानामा र इङ्गल्याण्डबिचको पहिलो हाफ गोलरहित बराबरीमा
-
पहिलो हाफमा घानाविरुद्ध क्रोएसिया १–० ले अगाडि
-
घानाविरुद्ध क्रोएसियालाई महत्त्वपूर्ण अग्रता
-
कस्तो रहला तपाईँको यो साता ? हेर्नुहोस् साप्ताहिक राशिफल
-
समूह ‘एल’ को निर्णायक भिडन्त: नकआउट चरणका लागि क्रोएसियाको अन्तिम कसरत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण