शनिबार, २३ जेठ २०८३
ताजा लोकप्रिय

कक्षा १२ उत्तीर्ण विद्यार्थीहरूलाई बधाई दिँदै प्रधानमन्त्रीले भने– देशमै केही गर्ने नयाँ यात्राको सुरुवात गरौँ

सोमबार, १९ साउन २०८२, १९ : ५६
सोमबार, १९ साउन २०८२

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले कक्षा १२ मा उत्तीर्ण विद्यार्थीहरूलाई बधाई दिएका छन् । भूपरिवेष्ठित विकासशील देशहरूको अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन तुर्कमिनस्थान पुगेका प्रधानमन्त्री ओलीले सोमबार साँझ सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै विद्यार्थीहरूलाई बधाई दिएका हुन् । 

साथै उनले अब नेपालमै पढ्ने र देशमै केही गर्ने नयाँ यात्राको सुरुवात गर्नुपर्ने समेत बताएका छन् । राष्ट्रिय परीक्षा बोर्डले सोमबार सार्वजनिक गरेको नतिजामा ६१.१७ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् भने ३८.८३ विद्यार्थीहरूको ननग्रेड आएको छ । 

Capture

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप