प्रतिनिधिसभामा कांग्रेसका दुई सांसदको समिति हेरफेर
मङ्गलबार, २० साउन २०८२, १५ : ०७
काठमाडौँ । प्रतिनिधिसभामा नेपाली कांग्रेसका दुई सांसदको समिति हेरफेर भएको छ । सभामुख देवराज घिमिरेले प्रतिनिधिसभाको मंगलबारको बैठकमा पेस गरेको समिति हेरफेरको प्रस्ताव संसद्बाट सर्वसम्मत स्वीकृत गरेको हो । नागिना यादव र संगिता मण्डल धानुकको समिति परिवर्तन गरिएको हो ।
यादवलाई कानुन न्याय तथा मानव अधिकार समितिबाट शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा सरुवा गरिएको छ भने मण्डललाई शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिबाट कानुन न्याय तथा मानव अधिकार समितिमा ल्याइएको छ ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण