लिङ्देन पक्षको भेला गुटको नभएको दाबी
सारांश
- राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन पक्षको काठमाडौंमा भेला भयो, पार्टीभित्रको विवादबारे छलफल भयो।
- भेलालाई लिङ्देन पक्षले चिया खाने कार्यक्रम मात्रै भनेको छ, गुटबन्दीको आरोप अस्वीकार गरेको छ।
- विपक्षी नेताहरूलाई खबर नगरी बोलाइएको भेलामा आगामी महाधिवेशन र धवलशमशेर राणा समूहविरुद्धको रणनीतिबारे छलफल भयो।
काठमाडौँ । राप्रपाको राजेन्द्र लिङ्देन पक्षको बुधबार राजधानीमा भेला भएको छ । पार्टीभित्र विवाद बढिरहेका बेला अध्यक्ष लिङ्देन पक्षको बत्तीसपुतलीस्थित तपस होटलमा भेला भएको हो ।
इतर समूहका कुनै पनि नेतालाई खबर नगरिएको भेला भएपनि लिङ्देन पक्षले सो भेला चियाखाने मेलो मात्रै भएको तर्क गरेको छ । भेलापछि उपाध्यक्ष बुद्धिमान तामाङले यो गुट भेला नभएर चिया खाने मेलो मात्र भएको तर्क गरे ।
‘उपाध्यक्ष हेमजङ गुरुङले चिया खान बोलाउनु भएर साथीभाइ जम्मा भएका हौं । यो कुनै गुट भेला होइन’, उनले सञ्चारकर्मीलाई भने । यस्तै हेमजंगले पनि पार्टीभित्र समस्या रहेको तर आजको भेला गुटको नभएको तर्क गरे ।
लिङ्देन पक्षीय एक नेताले भेलामा पार्टीभित्रको अन्तरविरोध, धवलशमशेर राणा समूहविरुद्धको रणनीतिसहित आगामी महाधिवेशन लक्षित योजनाबारे छलफल भएको बताए।
राप्रपाका केन्द्रीय सदस्य जनकराज पाठकले महाधिवेशन नजिकिँदै गएको परिप्रेक्ष्यमा पक्ष, विपक्ष हुनु स्वाभाविक भएपनि अध्यक्षकै निर्देशनमा एकपक्षीय भेला बोलाएको दाबी गरे । इतर पक्षका उनले आफूले राप्रपाको इतिहासमै यस्तो दृश्य नदेखेको बताए ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण