बहादुर पक्षलाई ३ मन्त्री दिइए स्वीकार्दैनौँ : पूर्वमन्त्री महर्जन
मकवानपुर । बागमती प्रदेशसभा सदस्य एवम् पूर्व युवा तथा खेलकुदमन्त्री मीनकृष्ण महर्जनले बहादुर सिंह लामा पक्षका ३ मन्त्रीलाई नियुक्ति दिइए आफूहरूलाई मान्य नहुने बताएका छन् ।
उनले कांग्रेस भित्रको आन्तरिक सङ्घर्ष चलिरहेका बखत निवर्तमान मुख्यमन्त्री लामाले अस्वाभाविक माग गरेको र उक्त माग मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ पक्षका २२ जना सांसदलाई मान्य नहुने बताएका हुन् ।
बहादुर पक्षले आफ्ना पक्षका ३ जना सांसदलाई मन्त्री बनाउनुपर्ने सर्तसहित मुख्यमन्त्री बानियाँलाई विश्वासको मत दिन आनाकानी गर्दै आएका थिए ।
साउन २७ मा अन्तिम समयमा मुख्यमन्त्री बानियाँलाई विश्वासको मत दिएका बहादुर पक्षले आफ्नो सर्त स्वीकार हुने भएपछि मत दिएको दाबी गरेका छन् । सो अवस्थामा पूर्वमन्त्री महर्जनले बहादुर पक्षका ३ मन्त्री बने आफूहरूलाई मान्य नहुने बताएका हुन् ।
बहुमत सांसदको समर्थनसहित दर्ता गरिएको अविश्वास प्रस्ताव संसद्मा अगाडि बढ्दै गर्दा हालै गरिएको ३ जना मन्त्रीको नियुक्तिको सर्त सहितको बहादुर पक्षको बार्गेनिङलाई लिएर विवाद चुलिएको हो ।
तर, उक्त नियुक्तिलाई २२ जना सांसदको स्पष्ट समर्थन प्राप्त गरेका मुख्यमन्त्री बानियाँ पक्षलाई मान्य नहुने उनले बताए । अहिलेको विवाद सिर्जना गरेर वास्तविकता ढाकछोप गर्ने प्रयास भइरहेको उनले बताए ।
‘३१ महिनाअघि भएको दलको नेता चयनमा बानियाँले १६ मत प्राप्त गर्दै बहादुरसँग मात्र ३ मतले पछि परेका थिए । त्यतिखेर उनले हार स्वीकार्दै भागबन्डामा सामेल नहुनुका साथै तत्कालीन मुख्यमन्त्री बहादुर सिंह लामाको कार्यकालमा पूर्ण सहयोग गरेका थिए । तर, एक वर्ष अघि भएको मुख्यमन्त्री पदमा आधा–आधा कार्यकाल भन्ने लिखित सहमतिमा पनि पालना नहुँदा, शीर्ष नेताहरूको सल्लाहअनुसार इन्द्रबहादुर बानियाँले अविश्वास प्रस्ताव दर्ता गर्नुपरेको थियो ।’ उनले भने, ‘५ जना मन्त्रीहरूले समेत शीर्ष नेताको सल्लाह अनुसार पदबाट राजीनामा दिँदै बानियाँलाई समर्थन जनाएका छन् । पदमा नहुँदा पनि बानियाँले प्रतिपक्ष दलसँग समन्वय गर्दै बजेट पास गराउन निर्णायक भूमिका खेलेका थिए । जुन समयमा तत्कालीन मुख्यमन्त्री र अर्थमन्त्री नै निराश भइसकेका थिए । त्यो साहस र क्षमता इन्द्रबहादुर बानियाँमा थियो । हाल बहादुर सिंह लामा पक्ष विवाद निकालेर वास्तविकता ढाकछोप गर्दै छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संसद्को गतिरोध अन्त्यका लागि विपक्षीसँगको छलफलमा रवि लामिछाने
-
ट्रेड युनियन खारेज विरुद्ध परेको रिटमा सुनुवाइ सुरु
-
नेहरूलाई पछि पार्दै मोदी बने भारतको इतिहासमै सबैभन्दा लामो समय सेवा गर्ने निर्वाचित प्रधानमन्त्री
-
श्रम बजारका चुनौती सामना गर्न नीतिगत लचकता आवश्यक : उपाध्यक्ष पाण्डे
-
गर्मीमा तातो कफी पिउनुको यस्ता छन् फाइदा
-
तीन कारण देखाउँदै रास्वपाले गर्यो बागमती प्रदेश अधिवेशन अस्थायी स्थगन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण