ट्रेड युनियन खारेज विरुद्ध परेको रिटमा सुनुवाइ सुरु
बुधबार, २७ जेठ २०८३, १२ : ३०
सारांश
- सरकारले निजामती कर्मचारीका ट्रेड युनियन खारेज गर्ने निर्णय विरुद्ध सर्वोच्च अदालतको संवैधानिक इजलासमा सुनुवाइ सुरु भएको छ ।
- नेपाल निजामती कर्मचारी संगठनका अध्यक्ष भवानी दाहालसहितले दायर गरेको रिटमा प्रधानन्यायाधीशसहितको संवैधानिक इजलासले सुनुवाइ गरिरहेको छ ।
- अध्यादेशमार्फत खारेज गरिएका ट्रेड युनियनहरूले संविधान प्रदत्त अधिकार खोसिएको भन्दै सर्वोच्चमा रिट दायर गरेका थिए ।
काठमाडौँ । सरकारले निजामती कर्मचारीहरूका पेशागत संगठन तथा ट्रेड युनियनहरू खारेज गरेको विरुद्ध परेको रिट सर्वोच्च अदालतको संवैधानिक इजलासमा सुनुवाइ सुरु भएको छ ।
नेपाल निजामती कर्मचारी संगठन अध्यक्ष भवानी दाहालसहितले दायर गरेको रिट प्रधानन्यायाधीश डा.मनोजकुमार शर्मा, न्यायाधीशहरू डा.नहकुल सुवेदी, विनोद शर्मा, अव्दुल अजीज मुसलमान र महेश शर्मा पौडेलसहितको संवैधानिक इजलासमा ‘हेर्दाहेर्दैमा’ राखेर सुनुवाइ भइरहेको छ । उक्त रिटमा यसअघि संवैधानिक इजलासले अल्पकालीन अन्तरिम आदेश जारी गर्दै दुवै पक्षलाई छलफलमा बोलाएको थियो ।
सरकारले अध्यादेशमार्फत निजामती कर्मचारी,शिक्षक तथा अन्य सरकारी संघ संस्थामा रहेका ट्रेड युनियनहरू खारेज गरेको थियो । निजामती सङ्गठनहरूले संविधानले दिएको अधिकार खोसिएको भन्दै रिट दायर गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्लिन आक्रमणका सन्दिग्ध प्रहरी कारबाहीमा मारिएको जर्मन सञ्चारमाध्यमको दाबी
-
जिम्बावेलाई हराउँदै भारतद्वारा टी–ट्वान्टी शृङ्खला ‘क्लिन स्वीप’
-
बाँके निकुञ्ज आउने पर्यटकको सङ्ख्या वृद्धि
-
सरकारमा हुँदा गोर्खा र नागरिकताको मुद्दा सम्बोधन गर्न नसक्नु गल्ती : शेरधन राई
-
कतारका प्रधानमन्त्री र साउदी विदेशमन्त्रीबिच फोन वार्ता
-
पोखरा स्पोर्टस् अवार्डबाट ७ लाख ७१ हजार बचत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण