संसद्को गतिरोध अन्त्यका लागि विपक्षीसँगको छलफलमा रवि लामिछाने
बुधबार, २७ जेठ २०८३, १२ : ३२
सारांश
- सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सङ्घीय संसद्को गतिरोध अन्त्यका लागि विपक्षी दलका नेताहरूसँग छलफल गरिरहेका छन् ।
- लामिछानेले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङ्देम्बे, नेपाली माओवादीका नेता वर्षमान पुन, राष्ट्रिय प्रजातन्त्र पार्टीकी प्रमुख सचेतक खुश्वु ओलीसहितका नेताहरूसँग छलफल गरिरहेका छन् ।
- प्रधानमन्त्री बालेन्द्र शाहले नेपालले भारतको सीमा मिचेको अभिव्यक्ति दिएपछि विपक्षीहरूले सदन अवरुद्ध गर्दै आएका छन् ।
काठमाडौँ । सङ्घीय संसद्मा देखिएको गतिरोध अन्त्यका लागि सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले विपक्षी दलका नेताहरूसँग छलफल गरिरहेका छन् ।
सिंहदरबारस्थित संसद् भवनमा सभापति लामिछानेले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङ्देम्बे, नेपाली माओवादीका नेता वर्षमान पुन, राष्ट्रिय प्रजातन्त्र पार्टीकी प्रमुख सचेतक खुश्वु ओलीसहितका नेताहरूसँग छलफल गरिरहेका हुन् ।
विपक्षी दलहरूको सिंहदरबारस्थित कांग्रेस संसदीय दलमा बैठक बसिरहेका बेलामा लामिछानेले छलफलका लागि बोलाएका थिए ।
प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधि सभा बैठकमा नेपालले भारतको सीमा मिचेको अभिव्यक्ति दिएपछि विपक्षीहरूले सदन अवरुद्ध गर्दै आएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रदर्शनकारीद्वारा मेक्सिको विश्वकप स्टेडियम जाने बाटो अवरुद्ध
-
रानीसैनमा सशस्त्र र प्रहरीको अस्थायी ‘बिओपी’ र चौकी स्थापना
-
नेतृत्व पाएसँगै नवप्रवर्तन मन्त्रालयले थाल्यो काम
-
रविसँग कुरा नमिलेपछि सभामुख र विपक्षी दलका नेताहरू छलफलमा
-
भूमिहीन नागरिकको जग्गा व्यवस्थापनका लागि नापनक्सा
-
अभिनयमा कमब्याक गर्दै कैट्रिना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण