शनिबार, २३ जेठ २०८३
ताजा लोकप्रिय
निर्माणको अन्तिम चरणमा नागढुङ्गा सुरुङमार्ग (तस्बिरहरू)
फोटो फिचर

निर्माणको अन्तिम चरणमा नागढुङ्गा सुरुङमार्ग (तस्बिरहरू)

शनिबार, ३१ साउन २०८२

काठमाडौँ । नेपालमा सडक निर्माण तथा विकासको इतिहास गर्ने हो भने राणाकालीन समयदेखि नै सडक निर्माण कार्य सुरु भएको विभिन्न अभिलेखहरू पाइन्छ ।

विसं १९९८ मा मानिसले बोकेर सवारीसाधन काठमाडौँ उपत्यकामा ल्याइएको पाइए पनि विसं १९८० को दशकबाटै काठमाडौँ  उपत्यकामा सडक निर्माण सुरु भएको पाइन्छ । 

त्यस्तै काठमाडौँ उपत्यका बाहिर निर्माण भएको पहिलो सडक भने ४२ किमी लामो अमलेखगन्ज–भिमफेदी सडकलाई लिइने गरिएको छ । यसरी सडक निर्माण तथा विकासको एक शताब्दी लामो इतिहास भएको नेपाल अब भने इतिहासमै पहिलो पटक सुरुङमार्गको चरणमा प्रवेश गर्दै छ ।

निर्माणको अन्तिम चरणमा रहेको काठमाडौँको नागढुङ्गा र धादिङको सिस्नेखोला सुरुङमार्ग नेपालको सडक निर्माण तथा विकासको इतिहासमा पहिलो सुरुङमार्गको रूपमा रहने छ ।

Naagdhunda Tunnel (2)

वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले विसं २०७६ कार्तिक ४ गते शिलान्यास गरी निर्माणको कार्य सुरु गरिएको सो सुरुङमार्गको लगभग निर्माणको कार्य सकिसकेको छ भने अब सञ्चालनको कार्य र कार्यविधि तयार गरी सञ्चालन गर्न मात्र बाँकी रहेको छ ।

सो सुरुङमार्ग आयोजना अन्तर्गत मुख्य र सहायक (ईभ्याकुएसन टनेल) गरी दुई वटा मार्ग रहेका छन् जसमा मुख्य सुरुङमार्गमा सवारी साधन सञ्चालन गरिन्छ भने सहायक सुरुङमार्ग आपतकालीन समयमा प्रयोग गर्ने गरी निर्माण गरिएको हो ।

Naagdhunda Tunnel (3)

सो आयोजना अन्तर्गत पूर्वी खण्ड (काठमाडौँ तर्फ) २.५ किमी एप्रोच सडक निर्माण गरिएको छ भने जड अन्तर्गत बलम्बुमा निर्माण गरिएको ओभरपास अन्तिम चरणमा रहेको छ ।

तत्कालीन भौतिक पूर्वाधार तथा यातायात मन्त्री कृष्णा ज्वालाले २०८० साउन २२ गते सहायक सुरुङमार्गको ब्रेक थ्रु गरेका थिए भने तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले २०८१ वैशाख ३ गते मुख्य सुरुङमार्गमा ब्रेक थ्रु गरेका थिए ।

Naagdhunda Tunnel (5)

हाजमा कर्पोरेशन जापानले निर्माणको जिम्मा लिएको ६ वर्ष पछि अब भने निर्माण कार्य सकेर नेपाल सरकारलाई यही अक्टोबरको अन्तिममा हस्तान्तरण गर्ने तयारी गरिरहेको कम्पनीका कन्सल्टेन्ट इन्जिनियर रमेश कोइरालाले जानकारी दिए ।

जाइकाको १६ अर्ब सहुलियत ऋण सहयोग र नेपाल सरकारको करिब ६ अर्ब गरी जम्मा २२ अर्ब लागतमा सो सुरुङमार्गको निर्माण कार्य सम्पन्न भएको उनले बताए ।

सिस्नेखोलादेखि नागढुङ्गासम्म करिब पौने ३ किमीको दूरी रहेको सो सुरुङमार्ग प्रयोगका लागि साउन २६ गते सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले शुल्क ९ट्रोल ट्याक्स० समेत निर्धारण गरिसकेको छ ।

Naagdhunda Tunnel (6)

जस अनुसार कार– भ्यानहरूलाई काठमाडौ आउँदा रु.६५ र काठमाडौँबाट फर्किदा रु. ६० शुल्क लाग्ने छ। मिनी बस र मिनी ट्रकलाई काठमाडौँ आउँदा रु.११५ र काठमाडौँबाट जाँदा रु ८० शुल्क लाग्ने छ। त्यस्तै बस र ट्रकले काठमाडौँ आउँदा रु २६० र काठमाडौँबाट जाँदा रु।२०० शुल्क तिर्नु पर्ने छ। भारी उपकरणले भने काठमाडौँ आउँदा रु. ६०० र काठमाडौँबाट जाँदा रु  ५० शुल्क तिर्नु पर्ने छ । यस सुरुङमार्गमा दुई पाङ्ग्रे सवारीसाधनले भने प्रवेश गर्न पाउने छैनन् ।

Naagdhunda Tunnel (7)

हालसम्म ९३ प्रतिशत भौतिक प्रगति भएको यो सुरुङमार्ग आगामी पुस–माघसम्ममा सञ्चालन ल्याउने तयारी भइरहेको छ । खुला प्रतिस्पर्धाबाट निजी कम्पनीलाई यो सुरुङमार्ग सञ्चालनको जिम्मा दिने तयारी सरकारको छ । 

Naagdhunda Tunnel (8)

यो सुरुङमार्ग सञ्चालनमा आएपछि थानकोटबाट १० मिनेटमा नौविसे पुग्न सकिनेछ । तस्बिर : प्रकाशचन्द्र तिमिल्सेना, नेपाल फोटो लाइब्रेरी ।

Naagdhunda Tunnel (9)Naagdhunda Tunnel (10)Naagdhunda Tunnel (11)Naagdhunda Tunnel (12)Naagdhunda Tunnel (13)Naagdhunda Tunnel (14)Naagdhunda Tunnel (15)Naagdhunda Tunnel (16)Naagdhunda Tunnel (17)Naagdhunda Tunnel (18)Naagdhunda Tunnel (19)Naagdhunda Tunnel (20)Naagdhunda Tunnel (21)Naagdhunda Tunnel (22)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया