जसपा नेपालका नेतालाई ककसले दिँदैछन् प्रशिक्षण ?
काठमाडौँ । जनता समाजवादी पार्टी नेपालले प्रशिक्षक प्रशिक्षण कार्यक्रम आयोजना गरेको छ ।
पार्टीको स्कुल तथा प्रशिक्षण विभागले आजदेखि आयोजना गरेको कार्यक्रममा कार्यकारिणी समितिका सदस्य एवं विभागका पदाधिकारी तथा सदस्यहरू सहभागी छन् । जसकाे मुख्य प्रशिक्षक पार्टी अध्यक्ष उपेन्द्र यादव नै छन् ।
सात दिनसम्म चल्ने सो कार्यक्रममा प्रशिक्षकको रूपमा भारतबाट त्यहाँका समाजवादी पार्टीका डा.आनन्द प्रकाश तिवारी पनि आएका छन् ।
समसामयिक राजनीतिक घटनाक्रमदेखि अन्तर्राष्ट्रिय मामिला, आदिवासी जनजाति, दलित तथा मधेस आन्दोलन, आर्थिक व्यवस्थापन, मानव अधिकार, राजनीतिक संगठन, समावेशी लोकतन्त्रलगायत विषयमा प्रशिक्षण दिइने जसपा नेपालका विदेश विभाग प्रमुख अर्जुन थापाले बताए ।
प्रशिक्षकका रूपमा पार्टी अध्यक्ष यादवसहित डा.बालकृष्ण माबुहाङ, इन्द्रजित सहनी, डा.कृष्ण हाछेथु, रकम चेम्जोङ, डा.उमाशंकर साह, विजयकान्त कर्ण, चन्द्र भण्डारी, डा.शंकर लिम्बू, जय निशान्त, चन्द्रदेव भट्ट, जेबी विश्वकर्मा, डा.प्रीति मण्डल, लीला सिटौला, भरत महतो, डा.चन्द्रकान्त ज्ञवाली, सुरेश मण्डल, डा.निश्चलराज पाण्डे, मृत्युञ्जय झालगायत छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेस नीति प्रतिष्ठानको बैठक समय परिवर्तन
-
भन्सार दर र ‘गायब १६ पाना’को विवादमा अर्थमन्त्री वाग्लेको स्पष्टीकरण: ‘चियाको कपमा तुफान ल्याउन खोजियो’
-
सूचीकरण प्रणालीमा २५ लाख किसान आबद्ध
-
पाकिस्तानी हवाई आक्रमणमा १३ सर्वसाधारणको मृत्यु
-
५ एजेन्डासहित कांग्रेस इतर समूहका युवाद्वारा बृहत् भेला आह्वान
-
‘जहाँ तीन विद्यार्थीका कारण विद्यालय छ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण