‘सुन्दरप्रसाद शाह दुःखी स्मृति पुरस्कार’ रमेश क्षितिजलाई
काठमाडौँ । चर्चित कवि तथा आख्यानकार रमेश क्षितिजलाई यस वर्षको ‘सुन्दरप्रसाद शाह दुःखी स्मृति पुरस्कार’ प्रदान गरिएको छ ।
स्वदेशमै प्रकाशित नेपाली भाषाका विभिन्न विधाका उत्कृष्ट कृतिलाई हरेक वर्ष पुरस्कार प्रदान गर्दै आएको प्रतिष्ठानले २०८२ मा प्रकाशित पुस्तकमध्ये क्षितिजको कथा सङ्ग्रह ‘एउटा मायी नगरमा’लाई उत्कृष्ट कृतिका रूपमा पुरस्कृत गरेको हो ।
प्रतिष्ठानकी अध्यक्ष करुणा शाहको सभापतित्वमा राजधानीमा आइतबार आयोजित एक कार्यक्रमबिच प्रमुख अतिथि पूर्वन्यायाधीश गौरी बहादुर कार्कीले क्षितिजलाई नगद ३० हजारसहित सम्मानपत्र प्रदान गरे ।
क्षितिजको यो पहिलो कथासङ्ग्रह हो । उनको यस कथासङ्ग्रहले आख्यानमा कविताको सर्वोच्चता कायम गरेको कार्यक्रममा वरिष्ठ साहित्यकार प्रह्लाद पोखरेलले बताए । सङ्ग्रहका कथामा अद्भूत शिल्प, प्राञ्जल भाषाको प्रयोग गरिएको पनि उनले बताए ।
यसै कार्यक्रममा विगत ६ दशकदेखि विभिन्न साहित्यिक पत्रिकाको सम्पादन तथा प्रकाशनका साथै पुस्तकालय घरको श्रीवृद्धिमा निरन्तर क्रियाशील साहित्यकार शशि विक्रम राणालाई १५ हजार नगद राशिको सम्मान प्रदान गरिएको छ । प्रतिष्ठानले २०७४ सालदेखि स्मृति पुरस्कार प्रदान गर्दै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ कांग्रेस संस्थापनले इतर समूहलाई पठाएको ७ बुँदे प्रस्ताव
-
परराष्ट्रमन्त्री खनाल आज चीन भ्रमणमा जाँदै, यस्तो छ कार्यतालिका
-
ट्राफिक कारबाहीमा चार लाख ५८ हजार राजस्व सङ्कलन
-
महाकाली पुलको गाइडबण्ड पुनर्निर्माणमा खटियो सेना
-
दामोदरकुण्ड तीर्थयात्रीलाई निःशुल्क भोजनको व्यवस्था
-
गायक तथा सङ्गीतकार आशिष अविरलमाथि अमेरिकामा कुटपिट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण