१) एउटा मूर्तिको आत्मसंस्मरण कुनै सीमान्तकृत नागरिकजस्तो भएर ढुङ्गा थिएँ म— ढुङ्गा जीवनको किनारतिर कतै बगरमा पल्टिरहेको घामको झरी सहिरहेको बेला–बेलामा चल्ने असिनाको हुरी भोगिरहेको, स्थिर थिएँ/जड र अप्रगतिशील थिएँ ...