‘जलवायु परिवर्तनका असर न्यूनीकरणका लागि कानुन बनाउन आवश्यक’
सारांश
- परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले जलवायु परिवर्तनका असर कम गर्न कानुन आवश्यक रहेको बताइन्।
- उनले जलवायु परिवर्तन मानव सभ्यताको साझा समस्या हो र यसको समाधानका लागि सामूहिक सहकार्य आवश्यक छ भनिन्।
- मन्त्री राणाले राष्ट्रिय एजेन्डा बनाएर स्रोत परिचालन र सरकारलाई जवाफदेही बनाउनुपर्नेमा जोड दिइन्।
काठमाडौँ । परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले जलवायु परिवर्तनका असर न्यूनीकरणका लागि राष्ट्रिय एजेन्डाका रूपमा कानुन बनाउन आवश्यक रहेको बताएकी छन् ।
हिन्दूकुश हिमालय क्षेत्रका देशका सांसदहरुको सम्मेलनलाई सम्बोधन गर्दै मन्त्री राणाले जलवायु परिवर्तन कुनै भूगोल र सिमाना नचिन्ने सीमाविहीन र मानव सभ्यताको सङ्कट भएकाले यस समस्याको समाधानका लागि सबै देशको सामूहिक सहकार्य आवश्यक रहेको बताएकी हुन् ।
जलवायु परिवर्तनको समस्या मानव सभ्यताका खिलाफको साझा समस्या भएको बताउँदै यसले कुनै देश, भूगोल, राजनीतिक दललाई नचिन्ने उनले उल्लेख गरिन् । उनले जलवायु सङ्कट अब भविष्यको पूर्वानुमान मात्र नभएर दैनिक अनुभूत गर्ने वास्तविकता बनेको जिकिर गरिन् ।
मन्त्री राणाले सबैले राष्ट्रिय एजेन्डाका रूपमा कानुन बनाउन, स्रोत–साधन परिचालन गर्न र सरकारलाई जबाफदेही बनाउन भूमिका खेल्नुपर्ने आवश्यकता औँल्याइन् । उनले जलवायु परिवर्तन, जैविक विविधताको क्षय, स्वच्छ हावामा ह्रास र अन्य वातावरणीय समस्या केवल सरकारको मात्र प्रयास पर्याप्त नहुने स्पष्ट पारिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आरक्षण कटौती गरिए कर्मचारीतन्त्रमा दलितको सहभागिता सवा प्रतिशत पनि रहँदैन : सचेतक परियार
-
भाइरलको दौड हैन, सदाबहार सिर्जना रोज्दै बबिता
-
गाजापट्टीमा नागरिक तथा नागरिक पूर्वाधारको संरक्षण गर्न राष्ट्रसङ्घको आह्वान
-
एमालेमा पार्टी शुद्धीकरण र पुनर्गठन अभियान : प्रदेशबाट थालियाे सुझाव सङ्कलन
-
जनसाङ्ख्यिक लाभांशमार्फत मधेसको आर्थिक रूपान्तरण कसरी गर्ने ?
-
आर्थिक र प्राविधिक अभावले करोडौँका डायलासिस मेसिन प्रयोगविहीन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण