नेपाल इन्भेष्टमेण्ट मेगा बैङ्कबाट ६.२९ प्रतिशत ब्याजदरमा गाडी कर्जा योजना
बुधबार, ०४ भदौ २०८२, ०३ : १७
सारांश
- नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले ग्राहकका लागि गाडी कर्जा योजना सार्वजनिक गरेको छ।
- यस योजनाअन्तर्गत ग्राहकले ६.२९ प्रतिशत ब्याजदरमा नयाँ गाडी खरिद गर्न सक्नेछन्।
- यो योजना दसैँ, तिहार र छठ पर्वलाई लक्षित गरी ल्याइएको हो।
काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडले ग्राहकका लागि विशेष सुविधासहित गाडी कर्जा योजना सार्वजनिक गरेको छ। यस योजनाअन्तर्गत ग्राहकले केवल ६.२९ प्रतिशत ब्याजदरमा सजिलै नयाँ गाडी खरिद गर्न सक्नेछन्।
बैङ्कले भाद्र २०८२ को आधार दर ५.७९ प्रतिशत मा ०.५ प्रतिशत थप गरी यो दर तय गरेको जनाएको छ। आगामी दसैँ, तिहार र छठ पर्व लक्षित गरी ल्याइएको यस योजना चाडपर्वको समयमा नयाँ गाडीको सपना पूरा गर्न सहयोगी हुने बैङ्कको अपेक्षा रहेको छ।
सीमित समयका लागि मात्र लागू यो विशेष योजना देशभरका विभिन्न शाखाहरूबाट लिन सकिने बैङ्कले जनाएको छ ।
नेपाल इन्भेष्टमेण्ट मेगा बैंक हाल २७५ शाखा, ६५ एक्सटेन्सन काउन्टर, २६४ एटिएम र ६० शाखारहित बैंकिङ्ग सेवा मार्फत सेवा प्रदान गर्दै आएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन विपद्मा उद्धारका लागि ८ हजार सशस्त्र प्रहरी २४ सै घण्टा ‘स्ट्यान्डबाई’
-
नेप्से परिसूचकमा गिरावट, कारोबार रकम २ अर्ब ८३ करोडमा सीमित
-
‘नतिजा छिटो निकाल्ने नाममा विद्यार्थीको भविष्यमाथि खेलवाड भयो’
-
‘प्रदेश सभामा उठेका विषयहरू सम्बोधन नहुने हो भने छलफलको कुनै औचित्य छैन’
-
नाटोमाथि इरानले लगायाे यस्ताे आरोप
-
तत्कालीन निर्देशक भट्टराईको बयान- एकाधिकार तोड्न र लागत घटाउन ठेक्का दुई प्याकेजमा लगिएको हो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण