शनिबार, ३० जेठ २०८३
ताजा लोकप्रिय
विद्याको सम्पर्क कार्यालय सञ्चालनमा, को-को पुगे ? (तस्बिरहरू)
फोटोफिचर

विद्याको सम्पर्क कार्यालय सञ्चालनमा, को-को पुगे ? (तस्बिरहरू)

बिहीबार, ०५ भदौ २०८२

काठमाडौँ । एमालेको विरोधका बिच सक्रिय राजनीतिमा फर्कने घोषणा गरेकी पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले आजदेखि छुट्टै सम्पर्क कार्यालय सञ्चालनमा ल्याएकी छन् । 

bidhya party office inauguration (17)

भण्डारीले बिहीबार काठमाडौँको थापागाउँस्थित लाखेचौर मार्गमा रहेको एक घरबाट सम्पर्क कार्यालय सञ्चालनमा ल्याएकी हुन् । उक्त सम्पर्क कार्यालयको भण्डारी आफैले उद्घाटन गरेकी छन् । 

bidhya party office inauguration (1)

कार्यालयको उद्घाटनका लागि ईश्वर पोखरेल, युवराज ज्ञवाली, कर्ण थापालगायत एमालेका केन्द्रीय नेताहरू पुगेका छन् । ‘मदन भण्डारी ७५ औँ जन्मजयन्ती मूल व्यवस्थापन समिति’को कार्यालय भनिए पनि उक्त कार्यालयमार्फत भण्डारीले आफ्ना गतिविधि सञ्चालन गर्ने भण्डारी निकटस्थहरूले बताएका छन् । 

bidhya party office inauguration (7)

मदन भण्डारी ७५ औँ जन्मजयन्ती मूल व्यवस्थापन समितिको संयोजक एमाले नेता तथा बागमती प्रदेशका पूर्वमुख्यमन्त्री डोरमणि पौडेल छन् भने विद्या संरक्षक छन् । यसअघि भण्डारीको ७५औँ जन्मजयन्ती मनाउन पौडेलको नेतृत्वमा ७५ सदस्यीय मूल व्यवस्थापन समिति बनाइएको थियो ।

bidhya party office inauguration (2)bidhya party office inauguration (3)bidhya party office inauguration (4)bidhya party office inauguration (5)bidhya party office inauguration (6)bidhya party office inauguration (8)bidhya party office inauguration (9)bidhya party office inauguration (10)bidhya party office inauguration (11)bidhya party office inauguration (12)bidhya party office inauguration (13)bidhya party office inauguration (14)bidhya party office inauguration (15)bidhya party office inauguration (16)bidhya party office inauguration (18)bidhya party office inauguration (19)bidhya party office inauguration (20)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया