शुक्रबार, २९ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

ललितपुरमा महिला उद्यमी सम्मेलन तथा उत्पादन व्यापार मेला, तस्बिरहरू

शुक्रबार, २९ जेठ २०८३, १६ : ०६
शुक्रबार, २९ जेठ २०८३

सारांश

  • ललितपुर महानगरपालिकाको आयोजनामा पाँचौँ महिला उद्यमी सम्मेलन तथा उत्पादन व्यापार मेला हेरिटेज गार्डेनमा आयोजना भएको छ।
  • महिला उद्यमशीलताको प्रवर्द्धन, अनुभव आदानप्रदान र स्थानीय उत्पादनको बजार विस्तार गर्ने उद्देश्यले मेला आयोजना गरिएको हो।
  • सम्मेलनमा प्रेरणादायी वक्तृत्व, सफल उद्यमीहरूको अनुभव, उत्पादनहरूको प्रदर्शनी तथा बिक्री र व्यावसायिक नेटवर्क विस्तारका कार्यक्रमहरू समावेश छन्।

ललितपुर । ललितपुर महानगरपालिकाको आयोजनामा पाँचौँ महिला उद्यमी सम्मेलन तथा उत्पादन व्यापार मेला शुक्रबार ललितपुरको सानोपास्थित हेरिटेज गार्डेनमा आयोजना भएको छ। 

महिला उद्यमशीलताको प्रवर्द्धन, महिला उद्यमीहरूबिच अनुभव आदानप्रदान तथा स्थानीय उत्पादनको बजार विस्तार गर्ने उद्देश्यले सुरु भएको मेला आज साँझ ६ बजेसम्म सञ्चालन हुनेछ।

Mahila Udhami mela_NPL (1)

सम्मेलनमा प्रेरणादायी वक्तृत्व, सफल महिला उद्यमीहरूको अनुभव साटासाट, महिला उद्यमीहरूले उत्पादन गरेका वस्तु तथा सेवाहरूको प्रदर्शनी र बिक्री, व्यावसायिक नेटवर्क विस्तार तथा नयाँ अवसरहरूको खोजी सम्बन्धी विभिन्न कार्यक्रमहरू समावेश गरिएका छन्। 

Mahila Udhami mela_NPL (2)

त्यसैगरी, कार्यक्रममा सहभागी महिला उद्यमीहरूलाई सीप विकास, बजार प्रवर्द्धन तथा उद्यमशीलता विकासका विषयमा जानकारी प्रदान गरिने आयोजकले जनाएको छ।

Mahila Udhami mela_NPL (3)Mahila Udhami mela_NPL (4)Mahila Udhami mela_NPL (5)Mahila Udhami mela_NPL (6)Mahila Udhami mela_NPL (7)Mahila Udhami mela_NPL (8)Mahila Udhami mela_NPL (9)Mahila Udhami mela_NPL (10)Mahila Udhami mela_NPL (11)Mahila Udhami mela_NPL (12)Mahila Udhami mela_NPL (13)Mahila Udhami mela_NPL (14)Mahila Udhami mela_NPL (15)Mahila Udhami mela_NPL (16)Mahila Udhami mela_NPL (17)Mahila Udhami mela_NPL (18)

तस्बिरहरू : सूर्याम्स उप्रेती/ नेपाल फोटो लाइब्रेरी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप