स्थानीय तहको अधिकार कटौती गरे एमाले चुप लाग्दैन : केपी ओली
भक्तपुर– एमालेका अध्यक्ष केपी ओली शर्माले स्थानीय तहलाई दिएको अधिकारलाई वर्तमान सरकारले कटौती गर्दै लगेको आरोप लगाएका छन् ।
शुक्रबार सूर्यबिनायक नगरपालिकाको प्रथम नगरसभाको उदघाटन गर्दै ओलीले अहिलेको स्थानीय तहले केन्द्र र प्रादेशिक सरकारसँग अधिकार माग्नुपर्ने अवस्था सृजना गर्न लागेको बताए । कार्यक्रममा बोल्दै उनले भने ‘स्थानीय तहलाई अधिकार सम्पन्न गराउनका लागि जनप्रतिनिधिहरुले सरकारसँग लडाई गर्नुपर्ने अबस्था आएको छ ।’
ओलीले संविधान निर्माण गर्दा संविधानमै उल्लेखित केन्द्र, प्रादेशिक र स्थानीय तहको अवधारणालाई वर्तमान शेर बहादुर देउवा नेतृत्वको सरकारले केन्द्र र प्रादेशिकमा केही नगरी स्थानीय तहमा मात्रै अधिकार कटौती गर्न कानून र विधेयक पारित गर्न लागेको आरोप लगाए ।
ओलीले भने ‘स्थानीय तहको अधिकार कटौती गरिए त्यो एमालेलाई सह्रैय हुदैन हामी चुप लागेर बस्दैनौ ।’अधिकार सम्पन्न स्थानीय निकायले मात्रै गाउँटोलका साथै नगर र समग्र देशको विकासमा सहयोग पु¥याउने भएकोले सबै राजनीतिक दलहरु मिलेर विकासमा अघि बढ्नुको विकल्प नरहेको ओलीको भनाई छ ।
कार्यक्रममा भक्तपुर क्षेत्र नं २ का साँसद रामेश्वर ढुंगेल, पुर्वमन्त्री महेश बस्नेत, एमाले भक्तपुर जिल्ला कमिटि उपाध्यक्ष बचन देउजा लगायतले स्थानीय तहमा जनप्रतिनिधि आएपछि विकाशको गति तिव्र हुने विश्वास व्यक्त गरे । कार्यक्रममा सूर्यविनायक नगरपालिकाका नगर प्रमुख बासुदेव थापाले आर्थिक बर्ष २०७४ ÷०७५ का लागि कुल ४८ करोड १० लाख २८ हजारको अनुमानित बजेट प्रस्तुत गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्विट्जरल्यान्डको सुरुवाती अग्रता: १७ औँ मिनेटमा एम्बोलोको गोल
-
कतार र स्विट्जरल्यान्डको खेल सुरु
-
सन् २०२२ को प्रदर्शन सुधार्ने कतारको लक्ष्य
-
विश्वकपमा कतार र स्विट्जरल्यान्डको सुखद सुरुवातको खोजी
-
भारतीय पर्यटकलाई पोखरा घुम्ने निम्तो
-
१२ बजे १२ समाचार: कागजात मिलाउन नेताहरूको दौडादौड, राउटे बस्तीमा अनधिकृत प्रवेश रोकिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण