आइतबार, ३१ जेठ २०८३
ताजा लोकप्रिय
अनुवाद

लियो टोल्स्टयको आँखामा जीवनको अर्थ

शनिबार, ०७ भदौ २०८२, ०८ : ३२
शनिबार, ०७ भदौ २०८२

सारांश

  • प्रविधिले मानिसलाई मृत्युबाट बचाउँछ भन्ने दाबीबारे चिन्तन गरिँदै, लियो टोल्स्टोयको मृत्यु सम्बन्धी वर्णनको चर्चा गरिएको छ।
  • टोल्स्टोयका उपन्यासहरूमा जीवनको अर्थ र मृत्युबारे पात्रहरूको संघर्षबारे चर्चा गरिएको छ, जसमा 'युद्ध र शान्ति' र 'अन्ना कारेनिना' समावेश छन्।
  • लेभिनको निराशा, जीवनको अर्थको खोजी, र नैतिकताको प्रश्नहरूमा टोल्स्टोयको चिन्तन तथा किसानको कुराकानीबाट प्राप्त 'विद्युतीय झड्का'को अनुभव उल्लेख छ।

आजकाल प्रविधिको चमत्कारबारे धेरै हल्लाखल्ला चल्ने गर्छ । प्रविधिले अब मान्छेलाई मृत्युबाट पनि बचाउँछ भन्ने दाबी समेत पढ्न र सुन्न पाइन्छ । हरेक मान्छेको अनिवार्य मृत्यु हुन्छ भन्ने मानवजातिको आधारभूत यथार्थ विरुद्धसमेत हामी चिन्तन गर्न सक्छौँ । 

तर, मृत्यु त कठोर यथार्थ हो यसबारे हामीलाई लियो टोल्स्टयले धेरै कुरा भन्न सक्छन् । मृत्यु बारे उनको वर्णन आज पनि उच्च कोटिको मान्ने गरिन्छ । उनले आफ्ना कृतिहरुमा मृत्युको अपरिहार्यतासामु कसरी जीवनको अर्थ खोज्ने भन्नेबारे व्यापक चिन्तन गरेका छन् । 

टोल्स्टयले जीवनमा मनोवैज्ञानिक संकट भोगे । यस्तो संकटले उनलाई इसाइयत अर्थात क्रिस्चियानिटी बारे समेत पुनर्विचार गर्ने अवस्थामा पुर्‍यायो । यसभन्दा धेरै पहिलेबाट नै उनी आध्यात्मिक प्रश्नबारे चासो राख्दै आएका थिए । 

उनका दुई महान उपन्यासहरु ‘युद्ध र शान्ति’ (वार एन्ड पिस) तथा ‘अन्ना कारेनिना’ पढेको जो कोहीले पनि ती उपन्यासका नायकहरु कसरी जीवनको अर्थ र मृत्यु बारेको टोल्स्टयका प्रसङसँग सिंगौरी खेल्छन् भन्ने बुझ्न सक्छन् । 

के भौतिक दुनिया भन्दा पर पनि केहि छ ? हाम्रा सारा प्रयत्नलाई निमेश भरमै धुलोमा मिलाउन सक्ने मृत्युले हाम्रो जीवनलाई कसरी विसंगत बनाउँछ ? टोल्स्टयका नायकहरु यस्ता प्रश्नको गहिराईमा डुबल्की मारेको भेटिन्छ । 

सन् १८६९ को अगस्टमा ४० वर्षे टोल्स्टय आफुले खरिद गर्न सक्ने घर जग्गाको खोजी गर्दै घुम्न निस्किएका थिए । यसैक्रममा बास बसेको कुनै घरबाट उनले आफ्नी श्रीमतीलाई लेखे ‘म भित्र केहि असाधारण घटना भएको छ । रातको २ बजेको समय थियो, म लखतरान भएर थाकेको थिएँ... आफुलाई पूर्ण रुपमा आरामको अवस्थामा राखेको थिए । सबै कुरा ठिकै थियो, एकाएक मलाई निराशा त्रास र आतंकले छोपे जस्तै भयो । मलाई त्यस्तो अनुभव कहिल्यै भएको थिएन ।’

अन्ना कारेनिनाको सह–नायक कन्स्टान्टिन लेभिन ठिक त्यस्तै निराशाको अनुभव गर्छन् । टोल्स्टय जस्तै लेभिन पनि समृद्ध घर परिवारमा सुखद वैवाहिक जीवन बाचिरहेका मानिस हुन् । तर, पनि लेभिनको जीवनमा त्रास र निराशा देखा पर्छन । 

टोल्स्टयलाई जस्तै लेभिनलाई पनि एउटै प्रश्नले पिरोल्छ । म को हुँ र यहाँ किन छु भन्ने प्रश्नको जवाफ थाप नपाउदासम्म जीवन असम्भव छ । उनी यो प्रश्नको जवाफ दिन नसके बाच्नुको औचित्य नहुने ठान्छन् । उनलाई आफैलाई मार्न यति धेरै रहर लाग्छ कि उनी आफैसँग डराउछन् । 

यस्तो त्रास र निराशा कहाँबाट किन र कसरी आयो ? यो के हो ? भन्ने बारे उनलाई केही थाहा हुँदैन । धार्मिक आस्था परित्याग गरेर वैज्ञानिक विश्व दृष्टिकोण अंगालेका उनी तिनै प्रश्नको जवाफ खोज्न फेरी धार्मिक आस्थामा फर्कन्छन् । 

उनलाई विज्ञानले जीवन र मृत्युको अर्थ बारेका प्रश्नको जवाफ दिन सक्दैन भन्ने लाग्छ । जीवनको अर्थहिनतालाई बुझ्न विज्ञानले सहयोग नगरेको अनुभव हुन्छ । उनी कठोर जाडोमा बाक्लो ऊनको कपडा छोडेर पातलो कपडा ओड्न पुगे जस्तो अनुभव गर्छन् । 

टोल्स्टयलाई जस्तै लेभिनलाई पनि एउटै प्रश्नले पिरोल्छ । म को हुँ र यहाँ किन छु भन्ने प्रश्नको जवाफ थाप नपाउदासम्म जीवन असम्भव छ । उनी यो प्रश्नको जवाफ दिन नसके बाच्नुको औचित्य नहुने ठान्छन् । उनलाई आफैलाई मार्न यति धेरै रहर लाग्छ कि उनी आफैसँग डराउछन् । 

आफैलाई झुन्ड्याउने डरले डोरीहरु लुकाउछन् । आफैलाई गोली हान्न सक्ने डरले सिकार खेल्न जानै छोड्छन् । लेभिन जब–जब जीवनको मूल्यबारे अनवरत प्रश्न गर्थे त्यसबेला आफुमा निराशा र त्रास पाउथे । जब उनी यस्ता भयंकर प्रश्नबारे सोच्न छोडेर सामान्य दैनिकी बाच्न थाले धेरै कुरा फेरिन थाले । 

आफु को हु र यो जीवनमाको लक्ष्य के हो भन्ने बारे गहिरो प्रष्ट अनुभव हुन थाल्यो । उनी आत्मविश्वाससहित दृढ निश्चयी हुन थाले । अस्तित्वगत शंकाले छोप्न छोड्यो । श्रीमती र छोराछोरीको हेरचाह गर्दा, आफ्नो खेतिपातीमा सघाउने किसान बारे ध्यान दिदा, आफ्नो बहिनीको सम्पत्ति हेरविचार गरिदिदा तथा यस्तै यस्तै दैनिक गतिविधिमा संलग्न हुँदा उनलाई जीवनको अर्थ अनुभव हुन थाल्यो । 

उनी नैतिकताका अमूर्त नियम वा सामान्य सिद्धान्तको पछाडी नलागी आफ्नो कामलाई अपरिहार्य कर्तव्यको रुपमा निर्वाह गर्न थाले । उनका लागि ती जिम्मेवारीहरु पुरा गर्न स्वभाविक तथा टार्नै नमिल्ने लाग्न थाले । आफुमाथि निर्भर मानिसको रेखदेख गर्नु आफ्नै अस्तित्व जस्तै छुट्याउनै नमिल्ने लाग्न थाल्यो । 

उनका लागि यी अनुभूतिहरु सैदान्तिक वा दार्शनिक विचारको साटो जीवनको लक्ष्यका व्यवहारिक र जीवन्त अभिव्यक्तिहरु हुन थाले । टोल्स्टय आफैलाई सोधेको प्रश्न सोध्नका लागि पाठकहरुलाई पनि झक–झकाउँछन् । हातमा बोकेको सानो नानी यतिकै हातबाट झार्दिनु ठिक हो कि होइन भन्ने निक्र्योल गर्न ठुलो सिद्धान्त खोज्ने हर कोही मान्छे तपाईलाई कस्तो लाग्छ ? 

उनको पात्र लेबिनको समस्या त्यस्तै थियो । उ सत्यलाई सिद्धान्तको मामिला ठान्थ्यो । प्राय बौद्धिकहरुले सोच्ने जस्तै विशेष परिस्थितिमा प्रयोग हुने कुरा मान्थ्यो । गणितले जसरी काम गर्छ त्यस्तै होला भन्ने ठान्थ्यो । तर, जीवनको महत्व अर्थ र नैतिकता अलि फरक छन् । 

तिनीहरुका लागि विशेष परिस्थितिहरुको अनुभव तथा सम्झनाको आधारमा बनेको बुद्धि चाहिन्छ । साथै विशेष घटनामा हाम्रो अनुभूतिप्रतिको विश्वास चाहिन्छ । राम्रोसँग ठम्याइएको सिद्धान्त भनेको पनि अभ्यासबाट प्राप्त बुझाईको सामान्यिकरणको प्रयास नै हो । 

लेभिन जीवनमा असल व्यवहार कुनै कारण वा तर्कमा निर्भर गर्ने नभएर निरपेक्ष हुने बताउँछन् । कुनै पनि व्यवहार असल हुन सक्छ किनभने त्यो असल छ । केवल यति नै त्यसको आधार हुन्छ । उद्विकासको सिद्धान्तका व्याख्याताहरु असल व्यवहार तथा परोपकार मानव अस्तित्व र उद्विकासका लागि फाइदाजनक मान्छन् । 

उपन्यासमा लेबिनलाई यस्तो बोध एकजना किसानको भलाकुसारीबाट आउँछ । लेबिनले किसानलाई सोध्छन्, ‘तपाई किन आफ्नो केही जग्गा चाहिँ भाडामा दिनुहुन्न ? जबकी अरुले त दिइरहेका छन् ।’ किसानले जवाफमा भन्छन ‘जमिनबाट फाइदा लिनका लागि किसानलाई शोषण गर्नुपर्छ । त्यसो गर्नु गलत काम हो किनकि हामीले बाँच्ने भनेको ईश्वर र आत्माका लागि हो ।’ 

यो जवाफले लेबिनलाई ‘विद्युतीय झड्का’ को अनुभव गराउँछ । के सही र के गलत भन्ने कुरा सिद्धान्त वा तर्कबाट आउने नभएर हरेक मानिसमा नैसर्गिक रुपमा विद्यमान हुने कुरा बोध हुन्छ । सबै मानिसले यस्तो गहन तथा प्रश्नातित ज्ञान बोकेका हुन्छन् । जुन कार्यकारण सम्बन्ध तथा तर्कको सिमा भन्दामाथि हुन्छ भन्ने लेबिनले प्रष्ट अनुभव गर्छन् । 

लेभिन जीवनमा असल व्यवहार कुनै कारण वा तर्कमा निर्भर गर्ने नभएर निरपेक्ष हुने बताउँछन् । कुनै पनि व्यवहार असल हुन सक्छ किनभने त्यो असल छ । केवल यति नै त्यसको आधार हुन्छ । उद्विकासको सिद्धान्तका व्याख्याताहरु असल व्यवहार तथा परोपकार मानव अस्तित्व र उद्विकासका लागि फाइदाजनक मान्छन् । 

तर, असल व्यवहारको औचित्य यसले सिद्ध गर्दैन । किनभने कुनै प्रतिफल हासिल गर्नका लागि गरिएको असल व्यवहार वा परोपकार राम्रो होइन । त्यो सही अर्थमा असल व्यवहार नै होइन । त्यो त एक प्रकारको व्यापार हो । अबकासपछिको समयका लागि जोहो गरेको बचत जस्तै हो ।

लेभिनका अनुसार असल व्यवहारलाई कार्यकारण शृंखलाको कसीमा राखेर हेर्न नसकिएता पनि हामी सबैले सजिलै ठम्याउन भने सक्छौ । मन शान्त गर्नका लागि कुनै चमत्कारको खोजी गरेको सम्झदै लेबिन भन्छन् खास चमत्कार अर्थात असलपना त हाम्रै व्यवहारमा पो हुने रहेछ । हाम्रै वरपर हुने रहेछ । 

सिद्धान्तहरु भित्र जवाफ खोज्ने चक्करमा हामी गलत ठाउँमा भौतारिने रहेछौ । यही बोधसँगै लेभिनको आस्थाको जीवन पुनः प्रारम्भ हुन्छ । साच्चै टोल्स्टयको शिक्षा गजब छ । हर कोही व्यक्तिले अस्तित्वको अर्थ सहि तरिकाले बाचेर बोध गर्न सक्छ । 

यो शिक्षा पढाउन सकिने कुनै प्रस्तावना वा दर्शन होइन । यसलाई कसैले व्याख्यान गर्न मिल्दैन । बढीमा गर्न सकिने भनेको कसैले आफ्नो अनुभूतिको आधारमा गर्ने संकेत हो । मैले यसरी थाहा पाए भनेर केही संकेत गर्न सकिन्छ । टोल्स्टयका महान उपन्यासहरुले गरेको पनि ठ्याक्कै त्यही हो । 

(लेखक नर्थ वेस्टर्न विश्वविद्यालयमा स्लाभिक भाषा तथा साहित्यका प्राध्यापक हुन् ।)

(वाल स्ट्रिट जर्नलबाट)

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ग्यारी साउल मोर्सन
ग्यारी साउल मोर्सन
लेखकबाट थप