शनिबार, १३ असार २०८३
ताजा लोकप्रिय

ड्रीम इलेभेनले भारतीय क्रिकेट टोलीसँग ३५८ करोड रुपैयाँको सम्झौता तोड्यो

सोमबार, ०९ भदौ २०८२, १६ : ०३
सोमबार, ०९ भदौ २०८२

नयाँ दिल्ली । ड्रीम इलेभेनले एसिया कप २०२५ अगाडि भारतीय क्रिकेट टोलीको प्रमुख प्रायोजक छाड्ने निर्णय गरेको छ। भारतीय क्रिकेट कन्ट्रोल बोर्ड ( बीसीसीआई) का सचिव देवजित सैकियाले सोमबार यो जानकारी दिएका हुन्।

उनले भने, ‘अनलाइन गेमिङलाई नियमन गर्ने विधेयक पारित भएको छ। त्यसैले बीसीसीआई र ड्रीम इलेभेन अब सँगै रहने छैनन्। बीसीसीआई भविष्यमा त्यस्तो कुनै पनि अनलाइन गेमिङ कम्पनीसँग सम्बद्ध हुनेछैन।

विधेयकले ड्रीम इलेभेन जस्ता वास्तविक पैसा भएका गेमिङ प्लेटफर्महरूलाई प्रतिबन्ध लगाएको छ। ड्रीम इलेभेनले सन् २०२३ मा बीसीसीआईसँग ३५८ करोड रुपैयाँमा तीन वर्षको प्रायोजन सम्झौतामा हस्ताक्षर गरेको थियो। सम्झौता २०२६ मा समाप्त हुने थियो ।

यस सम्झौता अन्तर्गत, ड्रीम इलेभेनले प्रत्येक घरेलु खेलको लागि बीसीसीआईलाई ३ करोड रुपैयाँ दिने गर्थ्यो। पहिले विदेशमा खेलिने प्रत्येक खेलको लागि बीसीसीआईले १ करोड रुपैयाँ पाउँथ्यो।

सम्झौता सकिएपछि, बीसीसीआईले अब नयाँ प्रायोजकको लागि टेन्डर प्रक्रिया सुरु गर्नेछ। 

बीसीसीआईसँगको प्रायोजन सम्झौता चाँडै समाप्त गरेबापत ड्रिम इलेभेनले जरिवाना तिर्नु पर्ने छैन। किनभने सम्झौतामा एउटा विशेष धारा समावेश गरिएको छ। यसमा भनिएको छ, ‘यदि कुनै सरकारी कानुनले प्रायोजकको मुख्य व्यवसायलाई असर गर्छ भने, उनीहरूले कुनै जरिवाना तिर्नुपर्ने छैन।’

प्रायोजकका रूपमा टाटा समूह, रिलायन्स र अदानी समूह जस्ता पुराना कम्पनीहरू बलियो दाबेदारको रूपमा उदाउँदै छन्। टाटा पहिले नै आईपीएलको आधिकारिक प्रायोजक हो। रिलायन्स जियो खेलकुद प्रायोजन र प्रसारण अधिकारमा संलग्न छ। अदानी समूहले खेलकुद उद्यमहरूमा पनि लगानी गरेको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप