आइतबार, ३१ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

मुलुकको समृद्धि र विकासका लागि आर्थिक क्रान्ति आवश्यक : उपप्रधानमन्त्री सिंह

बुधबार, ११ भदौ २०८२, २० : ०१
बुधबार, ११ भदौ २०८२

बुटवल । उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले मुलुकको समृद्धि र विकासको लागि अब आर्थिक क्रान्तिको बाटोमा अघि बढ्नुपर्ने बताएका छन् ।

प्राप्त अधिकारलाई सुरक्षित गर्नको लागि संविधानको संरक्षण र कार्यान्वयनमा सरकार प्रतिबद्ध रहेको बताएका छन् ।

नेपाली कांग्रेस आपूर्ति तथा उपभोक्ता विभागले बुधबार बुटवलमा आयोजना गरेको ‘दैनिक उपभोग्य वस्तुको सुनिश्चितता : उपभोक्ताको अधिकार हाम्रो चासो’ विषयक अन्तरसंवाद कार्यक्रममा बोल्दै मन्त्री सिंहले संविधान कार्यान्वयनमा आएको १० वर्षको अवधिमा संविधानमा सुधार गर्नुपर्ने कुराहरू आएको उल्लेख गरे ।

उनले राजनीतिक स्थायित्व र स्थिरताको लागि पनि संविधान संशोधन गर्नुपर्ने बताउँदै त्यसलाई सुक्ष्म अध्ययन र विश्लेषण गरेर अगाडि बढिने बताए ।

वर्तमान सरकार मुलुकको राजनीतिक स्थिरता र विकासका लागि संविधान संशोधन सहितको जगमा बनेको स्मरण गर्दै  त्यसमा गहिरो अध्ययन हुनुपर्ने भनाई राखे ।

मन्त्री सिंहले सरकारले महँगी र कालोबजारी नियन्त्रण गर्ने प्रतिबद्ध रहेको बताए ।चाडपर्व नजिकिएसँगै बजारमा कालोबजारी र महँगी बढेको गुनासो आउने गरेको भन्दै सरकारले कडाइका साथ अनुगमन गरिरहेको बताए ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप