एमाले कर्णालीको लेखापरीक्षण प्रतिवेदन पारित
सुर्खेत । नेकपा एमाले कर्णाली प्रदेशको सचिवालयको सातौँ बैठकले गत आर्थिक वर्षको आन्तरिक लेखापरीक्षण प्रतिवेदन पारित गरेको छ ।
बिहीबार वीरेन्द्रनगरमा बसेको सचिवालयको बैठकले सो प्रतिवेदन पारित गर्नुका साथै अन्तिम लेखापरीक्षणका लागि केन्द्रीय लेखा आयोगसमक्ष पठाउने निर्णय गरेको हो ।
साथै बैठकमा आसन्न विधान महाधिवेशनमा मातहतका कमिटीले दिएका सुझावलाई मनन् गर्दै केन्द्रीय पदाधिकारीमध्ये कर्णाली प्रदेशबाट कम्तीमा एउटा पद सुनिश्चित हुने गरी छलफल अघि बढाउने विषयमा नेताहरूले धारणा राखेका थिए ।
यस अघि सम्पन्न प्रदेश कमिटीको बैठकले पार्टी विधानमै केन्द्रीय पदाधिकारीमा कर्णालीको प्रतिनिधित्व अनिवार्य उल्लेख गर्ने प्रयत्न गर्न सुझाव दिएको थियो ।
प्रदेश कमिटी अध्यक्ष गुलाबजंग शाहको अध्यक्षतामा बसेको बैठकमा पार्टी स्थायी कमिटी सदस्य समेत रहनुभएका मुख्यमन्त्री यामलाल कँडेलले प्रदेश सरकारका काम कारबाहीबारे जानकारी गराएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकप २०२६ को उद्घाटन समारोह : कहिले हुन्छ सुरु, को-को गर्दैछन् प्रस्तुति ?
-
संस्थापनले सहमतिका लागि कुनै प्रस्ताव पठाएको छैन : डा.शेखर कोइराला
-
‘धरौटी होइन, प्रभावकारी नियमन गर’ भन्दै फेकनद्वारा मन्त्रालय र दलका नेताहरूलाई ज्ञापनपत्र
-
रास्वपाकाे बागमती प्रदेश अधिवेशन स्थगित, प्रहरीले कार्यक्रमस्थल खाली गरायाे
-
'मेरो मुख्य जोड सार्वजनिक यातायातको सुधार र सडक सुरक्षामा छ'
-
तराईलाई गर्मीबाट केही राहत : काठमाडौँसहित यी सहरमा मध्यम वर्षा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण