देशका यी मुख्य राजमार्गमा अवरोध कायमै, कोशीदेखि सुदूरपश्चिमसम्म सवारी आवागमन प्रभावित
सारांश
- लगातारको वर्षा, बाढी र पहिरोका कारण देशका विभिन्न राजमार्गहरूमा सवारी आवागमन प्रभावित भएको छ।
- कोशीदेखि सुदूरपश्चिम प्रदेशसम्मका राजमार्गहरूमा ९ वटा सडक खण्ड पूर्ण रूपमा अवरुद्ध छन् भने केही एकतर्फी सञ्चालनमा छन्।
- विभिन्न स्थानमा बाढी र पहिरोका कारण सडक अवरुद्ध हुँदा यातायातमा समस्या भएको छ।
काठमाडौँ । लगातारको वर्षा, बाढी र पहिरोका कारण देशका विभिन्न मुख्य राजमार्गहरूमा अवरोध भएको छ । नेपाल प्रहरीले आज सार्वजनिक गरेको विवरण अनुसार कोशीदेखि सुदूरपश्चिम प्रदेशसम्मका राजमार्गहरूमा सवारी आवागमनमा प्रभावित भएको छ । ९ वटा सडक खण्डहरू पूर्ण रूपमा अवरुद्ध छन् भने केही एकतर्फी सञ्चालनमा रहेका छन् ।
कोशी प्रदेशमा सङ्खुवासभा जिल्लाको भोटखोला गाउँपालिका – ४ वरुणमा बाढीका कारण कोशी राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ ।
तेह्रथुम जिल्लाको लालीगुराँस नगरपालिका – ७ तिनधुरेमा पहिरोले मध्य पहाडी लोकमार्ग एकतर्फी सुचारु छ ।
यस्तै बागमती प्रदेशमा रसुवा जिल्लाको गोसाईंकुण्ड गाउँपालिका–२ मा बाढीका कारण नेपाल र चीन नाका जोड्ने पुल बगाउँदा डेढ महिनादेखि पूर्ण रूपमा अवरुद्ध छ । यस्तै, सोही गाउँपालिकाको स्याउ पाकिङ र मेदामुदुङ क्षेत्रमा पहिरोले पासाङ ल्हामु सडक खण्डका विभिन्न भागहरू पूर्ण वा एकतर्फी सुचारु अवस्थामा छन् ।
साथै उत्तरगया गाउँपालिका–५ नौबिसेमा बाढीले गल्छी त्रिशूलीदेखि मैलुङ स्याफ्रु जाने सडक एकतर्फी सञ्चालन छ । गोसाईंकुण्ड गाउँपालिका –२ तातोपानी र फेङ्लुङमा बाढीले पासाङ ल्हामु सडक खण्ड र सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–२ कोदारीमा पहिरोले अरनिको राजमार्ग पूर्ण रूपमा अवरोध गरेको छ ।
धादिङको बेनिघाट रोराङ गाउँपालिका–१० बादरमोडमा पहिरोले पृथ्वी राजमार्ग र चितवनको इच्छाकामना गाउँपालिका–३ चुमखोलामा पहिरोले पृथ्वी राजमार्ग एकतर्फी सञ्चालन छ ।
यसैगरी गण्डकी प्रदेशमा बाग्लुङको बागलुङ नगरपालिका–१३ कालाखोलामा पहिरोले कालिगण्डकी करिडोर र म्याग्दीको बेनी नगरपालिका–४ घुमाउने भिरमा पहिरोले बेनी–दरवाङ सडक खण्ड पूर्ण रूपमा अवरोध गरेको छ ।
साथै नवलपरासी पूर्वको गैंडाकोट नगरपालिका–३ तरङखोलामा बाढीले क्षति गर्दा कालिगण्डकी करिडोर र तनहुँको बन्दिपुर गाउँपालिका–४ चुनपहरामा पहिरोले पृथ्वी राजमार्ग एकतर्फी सञ्चालनमा छ ।
लुम्बिनी प्रदेशको दाङ लमही नगरपालिका–९ जालीमा बाढीले राप्ती राजमार्ग र अर्घाखाँचीको सन्धिर्खर्क नगरपालिका–९ बरमकोट नौलापानीमा पहिरोले सालझण्डी ढोरपाटन सडक खण्ड एकतर्फी सञ्चालनमा छ ।
कर्णाली प्रदेशमा रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–६ रिजिगारमा बाढीका कारण भेरी करिडोरअन्तर्गत जाजरकोट–डोल्पा सडक खण्ड पूर्ण रूपमा अवरुद्ध छ ।
सुदूरपश्चिम प्रदेशममा दार्चुलाको शैल्यशिखर नगरपालिका–६ तेरछर्यालेकमा पहिरोले स्थित गोकुलेश्वर–दार्चुला सडक खण्ड पूर्ण रूपमा अवरुद्ध छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विभेदरहित समाज नै समृद्ध नेपाल निर्माणको आधार हो: उपराष्ट्रपति
-
बिहीबार यस्ताे छ विदेशी मुद्राको विनिमय दर
-
राष्ट्रपति पौडेलद्वारा जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवसको शुभकामना
-
वडा कार्यालय र स्वास्थ्य चौकी भवन शिलान्यास
-
समयमै काम नगर्ने निर्माण व्यवसायीको ठेक्का सम्झौता रद्द
-
बालश्रम रोकथामका लागि ठमेलका स्पा र मसाज सेन्टरमा अनुगमन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण