आइतबार, ३१ जेठ २०८३
ताजा लोकप्रिय
दुर्घटना

दार्चुलामा खोलामा अटो खस्यो, तीन जना बेपत्ता

सोमबार, १६ भदौ २०८२, १४ : ४९
सोमबार, १६ भदौ २०८२

दार्चुला । दार्चुलामा अटो खोलामा खस्दा तीन जना बेपत्ता भएका छन् ।

नौगाड गाउँपालिका वडा नम्बर ५ सौँकेबजार नजिक गोकुलेश्वर होपरी भित्री सडकखण्डमा सोमबार दिउँसो अटो खोलामा खसेको हो । 

होपरी गाडबाट मसीने बगरतर्फ गइरहेको म १ ह ११४८ नम्बरको अटो अनियन्त्रित भएर सडकबाट अन्दाजी ५० मिटर तल खोलामा खसेको हो । 

अटोमा चालकसहित पाँच जना सवार थिए । बेपत्ता तीन जनाको पहिचान भने हुन सकेको छैन । सोही ठाउँमा १६ वर्षीय आयुश भुलको दाहिने हातमा चोट लागेर गोकुलेश्वर बजारमा उपचारका लागि लगिएको छ ।

दार्चुलाका प्रमुख जिल्ला अधिकारी अनिल पौडेलका अनुसार बेपत्ताहरूको खोजी कार्य भइरहेको छ । प्रहरीले चालकलाई भने नियन्त्रणमा लिएको छ ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप