आइतबार, ३१ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

हाम्रो पात्रोलाई पुनः सक्रिय बनाउन दूरसञ्चार प्राधिकरणको निर्देशन

आइतबार, २२ भदौ २०८२, १८ : २७
आइतबार, २२ भदौ २०८२

काठमाडौँ । नेपाली एप हाम्रो पात्रो हाम्रो पात्रोलाई पुनः सक्रिय बनाउन आईएसपीलाई दूरसञ्चार प्राधिकरणको निर्देशन दिएको छ ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सामाजिक सञ्जालको रूपमा सूचीकरण भएपछि पात्रो तथा न्युज एग्रिगेटरको रूपमा रहेको पात्रोमाथिको प्रतिबन्ध फुकाइएको हो ।

प्राधिकरणले आइतबार मोबाइल तथा इन्टरनेट सेवा प्रदायक कम्पनीहरूलाई पत्राचार गर्दै हाम्रो पात्रो प्लेटफर्म पुनः सक्रिय गराउन पत्र काटेको छ । पत्रमा शुक्रबार हाम्रो पात्रो सूचीकरण भएको भन्दै पुनः सक्रिय गराइदिनू भन्ने व्यहोरा उल्लेख गरिएको छ ।

हाम्रो पात्रो सामाजिक सञ्जाल अन्तर्गत पर्ने नदेखिए पनि बन्द गर्ने निर्णय लगत्तै हाम्रो पात्रोले सूचीकरण प्रक्रिया थालेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप